यौन हिंसा अन्त्य गर्न पत्रकार र नागरिक समाजको भूमिका महत्वपूर्ण


प्रकाशित मिति :2018-06-14 17:31:53

–महिला खबर–
ललितपुर । पछिल्लो समय समाजमा यौन हिंसा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । यौन हिंसा अन्त्यका लागि नागरिक समाज र सञ्चार माध्यमको भूमिका सकारात्मक हुुनुपर्ने पनि औंल्याईको छ ।

म्याग र सम्झौता नेपालले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा भर्खरै जन्मिएका नाबालिकादेखि ८० वर्षका वृद्धा समेत यौन हिंसाको सिकार भएको भन्दै यसमा नागरिक समाज र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुनेमा अगुवाहरुले जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य अञ्जना बिसुंन्खेले घटना पहिले र अहिले उत्तिकै भए पनि अहिले धेरै घटना बाहिर आउने गरेको बताईन् ।

उनले भनिन्, ‘समस्या पहिले पनि यस्तै थियो, अहिले पनि उस्तै छ । पहिले यस्ता घटना घर वा समाजमै मिलापत्र हुन्थे । अहिले बाहिर आउन थाले । उसो त अहिले पनि सबै घटना त कहाँ बाहिर आउँछन् र ?’

कार्यक्रममा बोल्ने अन्य सांसद महिलाले पनि यौनजन्य हिंसामा कानूनलाई अझै कडा गर्न आवाज उठाइरहेको बताए । सांसदहरुले नेपालका प्रत्येक विद्यालयमा १, १ स्टाफनर्स राख्नुपर्ने कुरा उठाउने निर्णय गरेको समेत बताए ।

अधिबक्ता कपिलचन्द्र पोख्रेलले पीडकलाई कानूनको दायरामा ल्याई पीडितलाइ न्याय दिने कार्य अदालतको भएको बताउँदै अपराध गर्ने कसैलाई कानूनले छुट नदिने बताए ।

पीडित अदालतमा आउँदा चाहिने आवश्यक प्रमाण नहुँदा न्यायमा समस्या हुने गरेको उनको भनाई छ । नेपालका सबै ठाउँमा हुने यस्ता घटना सबै सञ्चार माध्यममा आउन नसकेको पनि उनले बताए ।

प्रहरी निरीक्षक कोपिला चुडालले बलात्कार आफन्तै वा चिनजानका व्यक्तिबाटै बढी हुने गरेको बताईन् । पछिल्लो समय सञ्चार माध्यमले यस्ता घटना बाहिर ल्याउँदा प्रहरीलाइ अनुसन्धान गर्न पनि सजिलो हुने गरेको उनको भनाई छ ।

नेपालमा बलात्कार, यौन हिंसाका घटना सबै भन्दा बढी भएकाले यस्ता कार्यमा प्रहरी अनुसन्धानका लागि पछाडी नपर्ने उनले बताइन् ।
यूएनका सीड कमिटी सदस्य बन्धना राणाले बलात्कारका घटनामा संचार माध्यमले निरन्तर कलम चलाउनु पर्ने बताइन् । समाचारको फलोअप नहुँदा घटनाका पीडितलाई न्याय पाउन अप्ठ्यारो हुने गरेको उनको भनाई छ ।

घटनाको प्रकाशन, प्रशारण भइसकेपछि पीडितले न्याय पाए नपाएको समेत सार्वजनिक गर्न आवश्यक हुने भएकाले सञ्चार माध्यमले फओअफ गर्नुपर्नेमा राणाले जोड दिईन् ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले शहरबजार, ग्रामीणस्तर सबै ठाउँका महिलाको अवस्था दयनीय भएको बताइन् । महिला अझै पनि विभिन्न हिंसा सहेर बसिरहेकाले पत्रकारले यस्ता महिलाको आवाज उठाउनुपर्नेमा उनले जोड दिईन् ।

पत्रकारलाई सूचना दिने कार्य नागरिक समाजको भएकाले यस्ता कुरामा सहयोग गर्न सामाजिक अभियन्तालाइ पनि उनले आग्रह गरिन् ।
कार्यक्रममा सहभागी पत्रकारहरुले समाचारको मुख्य स्रोत, समाज, प्रहरी, अदालत भएकाले समाजमा भएका घटनाबारे पत्रकारलाई पनि खबर गर्नुपर्ने बताए । सबै ठाउँमा पत्रकार र रिपोर्टर पुग्न नसक्ने भएकाले यस्तो बेलामा आफ्नो गाउँमा घटेको सत्य तथ्य समाचार पत्रकारलाई दिन पनि उनीहरुले आग्रह गरे ।

कार्यक्रममा बोल्दै द हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालले अपराधिक घटनामा समेत प्रहरीले मिलेमतो गर्ने गरेको बताए । यौनजन्य हिंसा जस्ता जघन्य अपराधमा पनि पीडितले न्याय नपाउनु दुःखको कुरा हो भन्दै यस्ता विकृति हटाउन पत्रकार, नागरिक समाज, प्रहरी, अदालत सबैको भूमिका आवश्यक रहेको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: