लैंगिक हिंसा रोक्न स्थानीय सरकार र पत्रकारको भूमिका महत्वपूर्ण


प्रकाशित मिति :2018-06-15 17:29:23

–महिला खबर–

ललितपुर । महिलामाथि हुने हिंसा रोक्न स्थानीय सरकार र पत्रकारको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा महिला अधिकारकर्मी तथा संघीय प्रतिनिधिसभाका सांसद अञ्जना बिशंखेले पछिल्लो समय घरेलु हिंसाका साथै बलात्कार जस्ता अपराधिक क्रियाकलाप बढ्न थालेको बताइन् ।

यस्तै सामाजिक असमानताका कारण महिलाहरुले पीडा भोग्नु परेको बिशंखेको जोड थियो । उनले भनिन्, ‘देवानी र फौजदारी संहितामा समेत विभेदको अवस्था छ । जस्तो महिलाले सम्बन्ध विच्छेद गर्दा पुरुषले सम्पत्ति दिनुपर्देन भन्ने छ ।

त्यो परिवर्तन गर्नुपर्छ । अर्को पुरुषको थर राख्ने भन्ने छ । त्यो पनि परिवर्तन गर्नुपर्नेछ ।’ उनले कानून निर्माणमा समेत नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

महालक्ष्मी नगरपालिका ललितपुरकी उपमेयर निर्मला थापाले महिलामाथि हुने हिंसाका घटनाहरु बाहिर आउन नसकेको बताइन् ।
उनले भनिन्, ‘पारिवारीक, सामाजिक कारणले कानूनले दिएको अधिकारबाट समेत महिलाहरु वञ्चित हुनुपरेको अवस्था छ ।’

गोदावरी नगरपालिकाकी उपमेयर मुना कार्कीले पुरुषहरुले महिलालाई हेर्ने दृष्ट्रिकोणलाई जबसम्म परिवर्तन गर्न सकिदैँन तबसम्म महिलाले न्यायको महसुस गर्न नसक्ने बताइन् ।

महिला तथा बालबालिका कार्यालय ललितपुरकी प्रमुख महिला विकास अधिकृत शारदा विजुच्छेले घरेलु हिंसाकै कारण महिलाहरु आत्महत्या गर्न समेत बाध्य हुने गरेको बताइन् ।

इह्रिकनका कार्यकारी निर्देशक कपिल काफ्लेले पत्रकारले लैंगिक असमानताका विषयलाई उजागर गर्दै वकालत गर्नुपर्ने बताए ।
इह्रिकनकी अध्यक्ष अमृता लम्सालले जबसम्म महिलाहरु आर्थिक रुपमा सवल हुँदैनन् तबसम्म उनीहरुमाथि उठ्न नसक्नेमा जोड दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: