–महिला खबर–
ललितपुर । ताप्लेजुङमा श्रीमतीलाई जवरजस्ती करणी गरेको अभियोगमा श्रीमानलाई ३ वर्ष जेल सजाए सुनाइएको छ ।
जिल्ला अदालत ताप्लेजुङका श्रेष्तेदार गोपाल थापाका अनुसार श्रीमतीलाई जबरजस्ती करणी गरेको ठहर गर्दै जिल्ला अदालतले जेठ ३० गते श्रीमानलाई ३ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिन फैसाला गरेको हो ।
फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका श्रीमानले आफूलाई जबरजस्ती करणी गरेको भन्दै श्रीमतीले अदालतमा मुद्धा दर्ता गराएकी थिईन् ।
आफू हुँदाहुदै श्रीमानले सौता ल्याई घरबाट फरार भएको र भगाएको केहि दिनमा घर फर्केर आफूमाथि जबरजस्ती गरेको भन्दै २०७१ साउन ३० गते श्रीमतीले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थापाले बताए ।
मुद्धा दर्ता भएकै दिन श्रीमान फरार रहेकोले फागुन २७ गते मुलतवी राखिएको मुद्दा दुई वर्षपछि ०७४ माघ २६ गते व्युतिएको थियो ।
श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको श्रेष्तेदार थापाले बताए ।
Comment Here!