समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने उपयूक्त समय


प्रकाशित मिति :2018-06-16 09:01:18

भारत । गत बिहीबार मात्रै अहम्दाबादमा एक समलिङ्गी महिला जोडीले तीन वर्षे छोरीसहित आत्महत्या गरेको खबर छ ।

उनीहरूले सँगै जीवन बिताउनका लागि आ–आफ्ना श्रीमानसँग सम्बन्ध बिच्छेद गरेका थिए । सम्बन्ध बिच्छेद पछि विवाह समेत गरेका थिए । एउटा सलले तीनै जनालाई सँगै बाधेर उनीहरूले साबर्मती नदीमा हामफाले । आत्महत्या गर्नु अघि रातो लिपिस्टिकले लेखेको एक सन्देश नदि किनारमा छोडेका थिए ।

उक्त सन्देशमा लेखिएको थियो, ‘हामीले सधै सँगै बस्नका लगि यो संसार छोड्न बाध्य भयौ । किनकि हामीलाई यो समाजले सँगै बस्न अनुमति दिएन ।’

यी दुई समलिङ्गी महिलाहरूको आत्महत्याको घटनाले समलिङ्गीहरू बिचको वैवाहिक तथा शारीरिक सम्बन्धका विरुद्ध भारतको कानुनी अत्याचार र सामाजिक असहिष्णुताको पराकाष्टा हो भन्ने प्रष्ट पार्दछ ।

यस्तो अवस्था भारतको आफ्नै संस्कारका कारणले मात्र नभै सयौं वर्ष पहिलेदेखि ब्रिटिसहरूले जब भारतलाई उपनिवेश बनाए सोहि समयमा आयातित भएको परम्परा थियो । र यसलाई उनीहरूले कानुनी दायरामा समेत ल्याए ।

ब्रिटिस सरकारले समलिङ्गी सम्बन्धलाई अपराध नै परिभाषित गरेको थियो । यो प्रावधानलाई सन् भारतीय अपराध संहिता १८६१ को भाग ३७७ मा यसको व्यवस्था गरेको छ । भारत स्वतन्त्र भएको ७० वर्ष बितिसक्दा पनि यो जस्ताको तस्तै छ ।

भारतमा अल्पसंख्यकलाई कानुनले नै यसरी विभेद गरेकाले समाजले पनि सोही अनुसार उनीहरूको उपेक्षा गरेको हो । खासमा त शिक्षित बर्गका मानिसले नै यस्तो समलिङ्गीहरू बिचको वैवाहिक सम्बन्धलाई सामाजिक अपराध नै ठान्ने गर्दछन् ।

अहम्दाबादका एक जना समलिङ्गी महिलाका श्रीमानले पनि आफ्नी श्रीमतीको समलिङ्गी पार्टनरसँगको यौन सम्बन्धलाई सहन नसकेर आत्महत्या गरेका थिए ।

गत जनवरी महिनामा सर्वोच्च अदालतले समलिङ्गीहरू बिचको वैवाहिक सम्बन्धलाई अपराध मान्ने व्यवस्थालाई पुनः विचार गर्नु पर्ने फैैसलालाई सही मार्ग निर्देशनका रुपमा लिन सकिन्छ । तर सदियौंदेखिकोे समलिङ्गीहरूप्रतिको धारणा बदलिहाल्न भने कठिन छ । तर पनि सही समाधान भनेको समलिङ्गीहरू बिचको वैवाहिक सम्बन्धलाई वैधानिकता दिनु नै हो ।

साभारः द टाइम्स अफ इण्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: