नेदरल्याण्डका नागरिक बालयौन दुराचारमा पक्राउ


प्रकाशित मिति :2018-06-17 12:31:12

– महिला खबर –

ललितपुर । बालयौन दुराचारको अभियोगमा नेदरल्याण्डका नागरिक पिट हिन भान तेरिस्गा पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठमेलको सातघुम्तीमा रहेको एक होटलबाट नेदरल्याण्डका नागरिक तेरिस्गालाई पक्राउ गरेको हो ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक बुद्धिराज गुरुङका अनुसार १५ वर्षको बालकलाई यौन दुराचार गरेको अवस्थामा उनलाई गएको बिहीबार पक्राउ गरिएको हो ।

बालकलाई तत्काल उद्दार गरिएको प्रहरी उपरिक्षक गुरुङले बताए । पक्राउ परेको ६६ वर्षीय नेदरल्याण्डका नागरिक तेरिस्गा बालबालिकाका किशोरावस्था चिकित्सक हुन् ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान थालिएको उनले बताए । मुलुकी ऐन जबरजस्ती करणीको महल अन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम ११ वर्षको कैद सजाय र पीडितलाई माफिकको क्षतिपूर्ति समेत भराउने व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: