ने क पा दर्ताः निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश


प्रकाशित मिति :2018-06-17 16:36:01

–महिला खबर–

ललितपुर । सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा नेपाल कम्युनिष्ट पार्टीको दर्ता किन बदर नगर्ने भनी कारण देखाउ आदेश जारी गरेको छ ।

एमाले र माओवादी मिलेर बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीले संविधान र कानुनले निश्चित गरेको ३३ प्रतिशत महिलालाई केन्द्रीय समितिमा नराखी पार्टी दर्ता गरेकोमा आइतबार सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सो आदेश दिएको हो । आदेशमा निर्वाचन आयोगलाई यो मुद्दालाई अग्राधिकार दिएर हेर्नु पनि भनिएको छ ।

सर्वोच्च अदालतमा महिलाको ३३ प्रतिशत संख्या बिना नै सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिई दर्ता गरेकोमा पार्टीको दर्ता बदर गर्न माग गर्दै शुक्रबार रिट दर्ता भएको थियो ।

आजको बहसमा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, अधिवक्ताहरू इन्दु तुलाधर र भद्रप्रसाद नेपाल (स्वागत नेपाल) ले बहस गरेका थिए ।

तीनै जना अक्तिवक्ताले नेपालको संविधान २०७२ को धारा २६९(२) ले कानून बमोजिमको कार्यविधि पुरा गरि निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्ने अनिवार्य शर्त तोकेको, राजनैतिक दल दर्ता सम्बन्धि ऐन, २०७३ को दफा १५(४) मा दलको सबै तहको समितिमा कम्तिमा एक तिहाई महिला सदस्य हुनु पर्ने किटानी व्यवस्था गरेको र सोही ऐनको दफा १०(४) ले कुनै पनि राजनैतिक दल एकीकरण वा गाभिएका खण्डमा समेत एक तिहाइ महिला हुनै पर्ने शर्तलाई अनिवार्य मानेकोमा संविधान र कानुनभन्दा माथि रहेर उक्त दलले सो व्यवस्थालाई लत्याई लोकतन्त्रको नयाँ उपलब्धीलाई कुल्चिएकोले सो दलको दर्ता तत्काल बदर गर्न माग गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीलाई मिति २०७५ जेठ १३ गते निर्वाचन आयोगले दर्ता गरेको थियो । सो पार्टीले एक तिहाइ महिला नभए पनि अन्तरिम विधानका आधारमा अन्तरिम व्यवस्थाका रुपमा ३३ प्रतिशत महिला नराखिएको हो भन्ने जवाफ सञ्चार माध्यममा दिने गरेकोमा नेपालको संविधानको धारा २६९ को ४(क) ले अन्तरिम विधानको परिकल्पना नगरेकोले संविधान र उक्त ऐन दुवैले राजनैतिक दलको विधानलाई दल दर्ताका लागि अनिवार्य शर्तका रुपमा राखेको भन्दै सो अन्तरिम विधान र अन्तरिम व्यवस्था पनि संविधान विपरित भएको समेत बहसका क्रममा जिकिर लिइएको थियो ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, इन्दु तुलाधर र अधिकारकर्मी मोना शेर्पा, युत्सा दाहाल, सुमिना कार्की, अमिना सिंह, स्मृति आर.डी.एन. न्यौपाने, उषा अर्याल, प्रणिका कोयू, बसन्त प्रसाद रंजितकार, नशला चित्रकार, कैलाश रानी राई, श्रद्धा पाल र महेश डंगोलले सर्वोच्चमा रिट दायर गरेकोमा आज पहिलो सुनुवाइ भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: