डेनमार्क महिलाका लागि सबैभन्दा राम्रो देश


प्रकाशित मिति :2018-06-17 17:01:16

ललितपुर । एक नयाँ रिपोर्टका अनुसार डेनमार्क महिलाहरूलाई बसोबासका लगि संसारको सबैभन्दा राम्रो देश हो । यूएस न्यूज र विश्व रिपोर्ट सर्वेक्षणमा ७ हजार महिलाका विचार समावेश गरिएको छ ।

ति महिलाहरुलाई लैङ्गिक समानता, आयमा समानता, सुरक्षा र यसको प्रगतिशीलता सहित पाँच विशेषताहरुमा देशहरुलाई प्राथमिकतामा राख्न लगाईएको थियो ।

ब्रान्ड रणनीति फर्म बीएभी परामर्श र पेंसिल्वेनिया विश्वविद्यालयको व्हार्टन स्कूलद्वारा संशोधित सूचीको उद्देश्य ‘देशसँग सम्बन्धित विशिष्ट विशेषताहरुको संदर्भमा विश्वको सबै भन्दा ठूलो अर्थव्यवस्थाकोे धारणा बुझ्नु’ थियो ।

रिपोर्टका अनुसार डेनमार्क संसारको उच्चतम कर लगायत, लामो जाडो मौसम सहनशिलता र ४ बजेदेखि सूयास्त हेर्न सकिने ठाउँ भएको तर डैनीश महिलाहरु अझै पनि संसारको इष्र्याका रुपमा रहेका छन् ।

अनुसन्धानकर्ताहरूले डेनमार्क संसारको सर्वोत्तम देशहरूको समग्र सूचीमा उच्च स्तरको तहमा १० औं स्थानमा आएको र कल्याणकारी राज्यका रुपमा स्थापित भएकोे बताएका छन् ।

डेनमार्र्क यूएस न्यूज र वल्र्ड रिपोर्टका अनुसार बच्चाहरुलाई हुर्काउन बढाउन दोस्रो उत्कृष्ट र सेभ द चिल्ड्र्नका अनुसार चौथो स्थानमा रहेको छ ।

रिपोर्टले युरोस्टाटको अध्ययनमा डेनमार्कका महिलाहरू युरोपेली महिलाहरु मध्ये सबैभन्दा बढी सन्तुष्ट रहेको उल्लेख गरेको छ ।

यूयस् न्यूजको सूचीमा महिलाहरूको लागि दोस्रो सर्वोत्तम देशहरूको सूचीमा स्वीडेन रहेको छ, जुन यू गभ सर्वेक्षणको अनुसार सबैभन्दा बढी ‘लैङ्गिक समानता प्रति प्रगतिशील दृष्टिकोण रहेको’ जनाएको छ ।

क्यानाडा, जुन विश्वको शीर्ष देशहरुको सूचीमा दोस्रो स्थानमा थियो जसलाई महिलाहरूको लागि तेस्रो सर्वोत्तम देशको रूपमा प्रस्तुत गरिएकोे छ । एक अध्यनले क्यानाडाको सरकारले महिला अधिकारलाई घरेलु र विदेशी नीतिमा सुरक्षित गरेको बताएको छ ।

त्यसैगरी नेदरल्याण्ड्स चौथो त्यसपछि न्यूजिल्याण्ड, जर्मनी, यूनाइटेड किङ्गडम, लक्जमबर्ग र अस्ट्रिया रहेका छन् । अल्जेरिया र पाकिस्तान सूचीको अन्तिम स्थानमा थिए । दुई देशले मानवअधिकार र महिला अधिकारका बारेमा धेरै आलोचना गरे त्यसैले उनीहरु अन्तिममा परे ।

संसारका ६० उत्कृष्ट देशहरू उनीहरूको प्रमुख व्यापार, अर्थव्यवस्था र जीवनको गुणस्तरका आधारमा छानिएका थिए । जसमा जर्मनी पहिलो, दोस्रोमा क्यानाडा र त्यसपछि तेस्रोमा यूके र चौथो स्थानमा र अमेरिकामा रहेका छन् ।

स्रोत : ईन्डिपेन्डेन्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: