समाचार प्रभावः ममताका श्रीमान पक्राउ


प्रकाशित मिति :2018-06-18 13:10:29

–महिला खबर–

ललितपुर । छोरा नपाएको निहुँमा सुत्केरी श्रीमतीलाई कुटपिट गर्दै घर निकाला गर्ने सिराहाका प्रकाश मरिक पक्राउ परेका छन् । सिराहाको गोलबजारस्थित मुसानियाका प्रकाशले १३ वर्षीया श्रीमती ममता मरिकलाई छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला गरेका थिए ।

 

छोरी जन्माएको भन्दै १३ वर्षकी किशोरी घर निकाला

अधिवक्ता शशी बस्नेत, विष्णु पौडेल लगायत सात जनाले ममताका श्रीमान प्रकाश मरिक र प्रकाश मरिकबाट रकम लिएर ममताको विवाह गरिदिने उदयपुरको आम्बासीकी ममताकी फुपू ललिता मरिक विरुद्ध बाल विवाह, बहुविवाह, जबरजस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

१३ वर्षीया आमाको जन्म दर्ता

इलाका प्रहरी कार्यालयले जाहेरीको आधारमा शनिबार राती नै ममताका श्रीमान प्रकाश मरिकलाई पक्राउ गरिएको जानकारी दिएको छ ।पक्राउ परेका प्रकाशलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका सई रामकृष्ण चौधरीले महिला खबरलाई जानकारी दिए । उनले भने, ‘प्रकाश मरिकको आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेर म्याद थप गरिएको छ ।’

ममताको उपचार गंगालालले गरिदिने

 घर निकाला भएकी १३ वर्षीया आमालाई सहारा

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: