जेठी सुब्बेनी


कविता

प्रकाशित मिति :2018-06-18 13:32:46

लुङ्गा दुःखले गान्न नसकेको जेठी सुब्बेनीको शरीर
सुगरले गलेपछि
आँखा चिम्म गरेर योग गर भन्दा
उमेरमा तन्नेरीसँग धान नाचेको मात्र सम्झना आउछ भन्छिन्
र,
खुट्टाले थेग्न नसक्ने शरीर बोकेर यसरी फत्फताउछिन् भन्छिन्
गर्दिन नाथे योग ।

बिमला तुम्खेवा

समयको साक्षी हो जेठी सुब्बेनी
उनले भोगेको जीवन
संसारकै सबभन्दा सुन्दर मिथ हुन सक्छ
जब,
मुष्कुराउदै सुनाउँछिन् दुःखका स्मृति र जीवनका कथा ।

म,
त्यो बगेर गएको तमोर जस्तै हु
दुःख म हुदै कति गए गए
सायद,
उनलाई पढ्दा पढ्दै बित्नेछ पुरै जीवन
र फर्कने छन् मानिसहरू गुफा युगमा ।

उमेर ढल्किएको पनि पक्का हो
कपाल फुलेको पनि सही हो
आँखामा देखिएको तेज चमक देखेर
छिमेकीहरू बनझाँक्रीले भेटेको अड्कल काट्छन्
घरमा दिनहुँ चिन्ता बस्छ फेदाङ्बा
फलाक्छ धर्तीको उत्पती र पन्छाइ पठाउँछ सिमे भुमेलाई ।

के छ त्यस्तो सुब्बेनीको अनुहारमा रु
के छ त्यस्तो रु
जसलाई पढेर कति कति प्रेमीहरूले गरे आत्महत्या
र,
बाँच्न चाहानेहरूले बनाए जीवनको आर्दश ।

जीवन सकिनै लाग्दा
लुङ्गा दुःखले गाल्न नसकेको जेठी सुब्बेनीको शरीर
सुगरले गलेपछि
आँखा चिम्म गरेर योग गर भन्दा
उमेरमा तन्नेरीसँग धान नाचेको मात्र सम्झना आउँछ
र भन्छिन् नाथे योग ।

जीवनको यो निरन्तर चक्रव्यूहमा
यी किराँत आईमाई
सायद, हाम्रो सभ्यताको सुन्दर गीत हुन सक्छिन् ।

(कवि सञ्चारिका समूहका सचिव हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: