मुद्दा दर्ता भएको १३ दिन मै फैसला


गर्भवती भतिजी बलात्कार गर्नेलाई १५ वर्ष कैद

प्रकाशित मिति :2018-06-19 12:33:58

–महिला खबर–

ललितपुर । धादिङ जिल्ला अदालतले हाडनाता भित्रको जवरजस्ती करणीमा निरन्तर सुनुवाई गरी मुद्दा दर्ता भएको १३ दिन मै फैसला सुनाएको छ ।

गर्भावस्थाकी १५ वर्षीया भतिजीलाई बलात्कार गर्ने काकालाई जिल्ला अदालत धादिङले १५ वर्ष कैदसहित २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय व्यक्तिलार्ई जिल्ला अदालतले सोमबार यस्तो फैसला सुनाएको हो ।

यस्तै किशोरीलाई रु दुई लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन महिला तथा बालबालिका कार्यालयलाई पनि जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले आदेश दिएको छ ।

आफ्नै नाता पर्ने भतिजीलाई जवरजस्ती करणी गरेको भन्दै २०७५ जेठ २२ गते जवरजस्ती हाडनाता करणी अन्तरगत जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता गरेको १३ दिन मै सोमबार जिल्ला अदालत धादिङले मुद्दाको फैसला गरेको जिल्ला अदालत धादिङका श्रेष्तेदार उदयराज काफ्लेले बताए ।

दोषीलाई जवरजस्ती करणीमा सात वर्ष, गर्भवतीलाई करणी गरेकामा थप पाँच वर्ष र हाडनातामा करणी गरेकामा थप तीन वर्ष सजाय गर्ने फैसला भएको स्रेस्तेदार काफ्लेले बताए ।

अभियुक्त काकाले २०७४ साल चैत २५ गते पछिल्लो तीन पुस्ताभित्रकी किशोरी भतिजी बलात्कार गरेपछि प्रहरीले जाहेरीका आधारमा गत जेठ १ गते गिरफ्तार गरेको थियो ।

पीडित पक्षलाई न्यायको अनभूति हुने गरी अपराधीले पीडितलाई अत्यावश्यक क्षतिपूर्ति तिर्न नसक्ने अवस्थामा राज्य नै अभिभावक भएकाले महिला कार्यालयबाट क्षतिपूर्ति भराउन आदेश गरिएको जिल्ला अदालतका श्रेष्तेदार काफ्लेले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: