महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला


प्रकाशित मिति :2018-06-19 14:20:08

-महिला खबर-

ललितपुर । उद्यमी महिलाहरुलाई व्यवसाय विस्तारमा सहयोग गर्नको लागि सरकारी स्तरमा व्यवस्था गरिएको महिला उद्यमशिलता विकास कोषको रकम अपुग भएको उद्यमीहरुले बताएका छन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०७१/०७२ बाट सुरु गरेको महिला उद्यमी विकास कोष हाल १८ करोड रुपैयाँको छ । जुन घरेलु तथा साना उद्योग विभाग अन्तर्गतका कार्यालय मार्फत वितरण हुने गरेको छ । तर, उक्त कोषको रकम बढीमा एक उद्यमीले पाँच लाख रुपैयाँ मात्रै पाउने व्यवस्था छ ।

महिला उद्यमी महासंघकी महासचिव दर्शना श्रेष्ठले भनिन्, ‘अहिले महिलाहरुलाई उद्यम विस्तारको लागि कम्तिमा १० लाख देखि २५ लाख रुपैयाँसम्म आवश्यक छ । तर, कोषले बढीमा पाँच लाख रुपैयाँ मात्रै दिने गरेको छ ।’

काठमाडौं उपत्यका, काभ्रे र प्रदेश नम्बर २ मा गरिएको अध्ययनका क्रममा पनि उद्यमी महिलाहरुले कोषको रकम कम भएकोले बढाउनुपर्ने माग राखेका उनले बताईन् ।

‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७ करोड रुपैयाँ आवश्यक पर्छ’ महासचिव श्रेष्ठले भनिन्, ‘बैंकले पनि धितो बिना ऋण नदिने, सरकारी सहुलियत रकम पनि निकै कम हुँदा महिलाले साना उद्यमीमै रहनुपर्ने बाध्यता छ ।’

अर्कोतर्फ महिला उद्यमीलाई पर्याप्त जानकारी नहुँदा भएको ऋण लिन पनि उनीहरुको पहुँच नपुगेको महिला उद्यमी महासंघकी अध्यक्ष सारदा रिजालले बताईन् ।

उनले भनिन्, ‘महिला उद्यमशिलता कोषबारे जानकारी नै नहुँदा पनि महिलाहरुले सहुलियत ऋण लिन सकिरहेका छैनन ।’

महासंघको अध्ययन अनुसार सबैभन्दा बढि रोल्पाका महिलाले महिला उद्यमी कोषको रकम लिएका छन् भने काठमाडौंमा दुई महिना अघिसम्म २५ जनाले मात्रै लिएका छन् ।

घरेलु तथा साना उद्योग विभागका निर्देशक विष्णु ज्ञवालीले आउँदो आर्थिक वर्षदेखि महिलाले ऋण माग्दा लेख्नुपर्ने प्रस्तावनालाई सरलीकृत गर्ने तयारीमा विभाग रहेको बताए ।

घरेलु तथा साना उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा देशभरका ४१ जिल्लाका ७ सय ६५ जना उद्यमीले उक्त कोषबाट रकम प्राप्त गरेका छन् ।

काठमाडौं भत्तापुर लगायत १२ जिल्लाका ३ सय ३७ जना उद्यमीले महिला उद्यमशिलता विकास कोषबाट एक देखि साढे २ लाख रुपैयाँसम्म रकम लिएका छन् । भने तिमध्ये ४७ जना महिला उद्यमीले मात्रै ३ लाख भन्दा माथि सहुलियत रकम लिएका छन् । देशभरबाट ७ जना महिलाले मात्रै ५ लाख रुपैयाँ रकम पाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: