प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला


प्रकाशित मिति :2018-06-19 16:51:00

–महिला खबर–

ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत महिला भर्ना गर्ने घोषणा गरेको छ । गत शुक्रबार प्रदेश सरकारले बजेट प्रस्तुत गर्दा २ नम्बर प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत महिला प्रहरी नियुक्त गर्ने घोषणा गरेको हो ।

प्रदेश मन्त्रि परिषदबाट हालै पारित प्रहरी गठनसम्बन्धी विधेयकमा ५० प्रतिशत महिला प्रहरी नियुक्त गर्ने जनाएको छ । प्रहरी सँगसँगै प्रदेशस्तरीय निजामती सेवाको भर्नामा पनि ५० प्रतिशत महिला सिट सुरक्षित गरिने बताईएको छ ।

राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता हुन नसकिरहेको बेला २ नम्बर प्रदेशले महिलालाई प्रोत्साहन गर्न यो नीति लिएको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले जानकारी दिए ।

महिलासँग सम्बन्धित हरेक घटना प्रहरी कहाँ जाने हुँदा प्रहरी महिलाको संख्या बढी भए महिलालाई नै सजिलो हुने भन्दै प्रदेश सरकारले यो नीति लिएको यादवको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: