तेजाब छर्कने प्रहरी धरौटीमा छुटे


प्रकाशित मिति :2018-06-19 17:00:56

–महिला खबर–

ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक प्रहरी धरौटीमा रिहा भएका छन् ।

प्रहरीले नै छ्यापे महिलालाई एसिड

उच्च अदालत हेटाैँडाले तेजाब छर्किने प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जिल्ला अदालतले मुलुकी ऐन अदालती बन्दोबस्तीको ११८ को दुई बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले वडा नं ४ त्रिचोक क्षेत्रमा बसोबास गर्दै आएकी उक्त महिलालाई गएको वैशाख ९ गते तेजाब छर्किएका थिए ।

शरीरको विभिन्न भागमा तेजाब परि घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भएको थियो । महिलाले प्रहरी नायब निरीक्षक खनियाँ विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएकी थिइन् ।

एसिड छ्याप्ने प्रहरी जेल चलान

खनियाँले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत हेटौँडामा निवेदन पेश गरेकामा उक्त अदालतले रु तीन लाख धरौटीमा रिहा गरेको हो । पीडित महिला र उनका श्रीमानले खनियाँविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा जाहेरी दिएका थिए ।

एसिड छ्याप्ने प्रहरीलाई कडा कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: