बलात्कार : युद्धको अदृष्य हतियार


प्रकाशित मिति :2018-06-20 10:23:14

ललितपुर । सिरियामा पीडित महिलाहरु सरकारी सैनिकहरुले गरेका बलात्कारका घटनाहरुको फेहरिस्त प्रस्तुत गर्छन् ।

‘मलाई त खासमा म माथि के भएको थियो भन्ने कुरा पनि सम्झना छैन । म त केबल पीडामा थिएँ । पीडा सहन नसकेर चिच्याइरहेकी थिएँ । मलाई मेरो भावनाहरु र मेरा शरीरको कुनै सम्बन्ध छैन जस्तो लागेको थियो । शरीर र आत्मा पनि बिल्कुल अलग भएको भान भइरहेको थियो । मानांै शरीर कुनै दानवको हातमा छ र आत्माको हत्या भएको छ ।’

सिरियाका महिलाहरुले बलात्कारको हतियार प्रयोग गरि गरिने साईलेन्ट वारले स्थापित गरेको अपराधका विरुद्ध भन्डाफोर गरे । उनीहरुले सहनशीलताको डोरी चुडाए र खुलेर आफुविरुद्ध भएका शोषणका कथाहरु भन्न थाले ।

शान्तिपूर्ण प्रदर्शनमा सहभागी भए बापत अथवा आफ्ना प्रियजनहरु (श्रीमान्, बुवा र भाईहरु)लाई सन्देश पठाएको अभियोगमा उनीहरु पटक–पटक बलात्कारका शिकार भए । घरमा होेस् या जेलमा या त सैनिक क्याम्पमा महिलाहरुलाई बलात्कारबाट बच्ने छुट दिएनन् ।

‘आम नागरिक हुन् या युद्धमा सहभागी भएका नागरिक हुन् उनीहरुको परिवारको एकजना महिला सदस्य (आमा, छोरी या श्रीमती) सैनिक कस्टडीमा हुन्थे । र ती यूद्धका लडाकूलाई सन्देश पठाईन्थ्यो कि ‘कि त आत्मसमर्पण गर होईन भने हामी तिम्रा श्रीमती या आमा या छोरीलाई भोगचलन गर्छौं ।’

ती विचराहरुलाई आत्मग्लानी गराउन सत्ताधारीले महिलालाई निर्मम बलात्कार गर्छन्’ सिरियाका राष्ट्रपति बसर अल असादको सैनिकमा करिब ८ वर्ष पहिला कार्यरत एक महिला सैनिकले भनिन् ।

उनले भनिन्, ‘सिरिया युद्धका बेला बलात्कारलाई युद्धकोे हतियारका रुपमा स्थापित गरिको हो । यो त पहिला जेलमा मात्रै हुने गथ्र्यो । तर अहिले त खासमा यो एक स्थापित पद्धति बनिसकेको छ । उनीहरुले त सडकमा, सडक छेउमा रहेका भवनहरुमा र घरमा श्रीमान् तथा बालबच्चाका अगाडि महिलाहरुलाई निर्मम बलात्कार गर्न थाले । बलात्कार गरेको भिडियो तयार गरि महिलाहरुका लडाईंमा गएका श्रीमानहरु तथा अन्य परिवारका सदस्यहरुलाई पठाउन थाले ।’

एक फिल्म निर्माता मानोन लिजुले यो सवालमा सम्बन्धित निकायको ध्यान जाओस् भनेर फिल्ममा पनि यिनै विषयमा कथा पस्किन् ।

उनी भन्छिन, ‘सन् २०११ मा जब मैले पहिलो फिल्म बनाएँ तब यो विषयलाई कसरी समेट्ने भन्ने बारेमा सोचिरहन्थें । मसँगै बस्ने गरेको एक जना महिलाले मलाई उनको घरमा लगिन जहाँ एक जना महिला भर्खरै सैनिकको यातना दिने खोरबाट छोडिएकी थिईन् । उनी साह्रै थकित देखिन्थिन् । जीर्ण शरीर लिएर ढोकामा फालिएकी थिईन् । उनी भयभित देखिन्थिन् । केही बोल्न नसकी बसिरहेकी थिईन् । यतिका वर्षसम्म म यो कथा कसरी प्रस्तुत गर्ने भन्ने बारेमा सोचिरहन्थें ।’

महिलाहरुका कथा यतिमै सीमित छैनन् । जब उनीहरुलाई बलात्कार लगायतका यातना दिएर छोडिन्छ त्यसपछि उनीहरु समाजबाट बहिस्कृत हुन्छन् । बलात्कृत भए बापत सजाए पाउँछन् । कहिले काहीँ त मारिन्छन् पनि ।

शासकहरुले उनलाई बलात्कार गरे । समाजले अस्वीकार गर्यो । यदि यस्तै घटना तपाईमाथि भयो भने तपाईं त मर्नु हुन्छ होला । तर यो त ममाथि पो घटेको हो । र म मरिनँ । अब के गरुँ ?’ एक महिलाले सोधिन् । हामीहरु त एकातिर संस्कार तथा परम्परा र अर्कोतिरबाट शासकहरुको घेराबन्दीमा पारियौं । र हामी यहि मझधारमा मर्छौं ।

स्रोत : अलजजिरा

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: