गंगामायाको माग सम्बोधन गर्न ध्यानाकर्षण


प्रकाशित मिति :2018-06-20 12:04:28

-महिला खबर 

ललितपुर । छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गोरखाकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न एम्नेस्टी इन्टरनेसनलले माग गरेको छ ।

नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले एक विज्ञप्ति जारी गर्दै गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरिएको हो ।

विज्ञप्तिमा ‘सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका पीडितका लागि न्यायको आवाज उठाइरहेका नेपालका पीडित समूह, नागरिक समाज संगठन र राष्ट्रिय मानवअधिकार आयोगप्रति एम्नेस्टी इन्टरनेशनल नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ’, भनिएको छ ।

गंगामाया दोस्रोपटक भोक हडताल थालेको २२ दिन बितिसक्दा समेत नेपाल सरकारबाट उक्त अनशनको कुनै सम्बोधन नभएको भन्दै एम्नेस्टी इन्टरनेशनलले गहिरो चिन्ता व्यक्त गरेको छ ।

न्यायको आवाजप्रतिको सरकारको चरम उदासीनताका कारण ३ सय २९ दिनको आमरण अनशनपछि गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको निधन भएको थियो ।

विज्ञप्तिमा एम्नेस्टी इन्टरनेशनलले सशस्त्र द्वन्द्वका क्रममा अन्यायमा परेका पीडितलाई चाँडो न्याय प्रदान गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: