बालिका बलात्कार गर्ने विरुद्ध आज मुद्दा दर्ता गरिदै


प्रकाशित मिति :2018-06-20 12:42:13

–पार्वती ऐडी–
बझाङ । जिल्लाको तल्कोट गाउँपालिका वडा नं २ मा बालिका बलात्कारको आरोप लागेका ४० वर्षका फिट्टु कुँवर विरुद्ध आज मुद्दा दर्ता गरिदैँछ ।

सुस्त मनस्थिती भएकी दलित बालिकालाई बलात्कार गरेको आरोप लागेका कुँवर फरार रहेका छन् । यहि असार ३ गते दिउँसो बालिका बलात्कृत भएको भए पनि घटनास्थल टाढा भएकाले पीडितहरु प्रहरीको सम्पर्कमा आएपछि मात्र घटना सार्वजनिक भएको हो ।

दिउँसो ४ बजे तिर मदिरा सेवन गरेर आएका कु“बरले बालिकालाई उनकै गोठमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
गाउँका सबै मान्छे खेतमा काम गर्न गएको बेला घटना भएको र घटना भैसकेपछि बालिका चिच्याउँदै बाहिर निस्केकाले अरुले थाहा पाएका थिए ।

सुस्तमनस्थिती भएकी १३ वर्षकी पीडित बालिका स्पष्ट बोल्न सक्दिनन् । उनको जिल्ला अस्पताल बझाङमा स्वास्थ्य परिक्षण गरिएको र आज मुद्धा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ऋषिराम कु“वरले जानकारी दिए ।

फरार कुँवरको खोजी कार्यको लागि आइतबारदेखि नै प्रहरी परिचालन गरिएको र थप अनुसन्धान भैरहेको उनले बताए ।

सुस्तमनस्थिती भएकी ति बालिकाको यसअघि पनि बलात्कृत भएको स्वास्थ्य परिक्षणबाट देखिएको स्वास्थ्य परिक्षणमा संलग्न एक स्वास्थ्य कर्मीले जानकारी दिएका छन् ।

बालिकाको योनीमा विभिन्न खालका संक्रमणहरु देखिएको र योनीको आकार अस्वाभाविक रुपमा बढेकोले यसअघि पनि पटक–पटक बलात्कार भएको हुन सक्ने अनुमान गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: