कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान शुरु


प्रकाशित मिति :2018-06-20 14:05:57

–महिला खबर–

ललितपुर । अस्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको अनुसन्धान शुरु गरिएको छ । विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको अष्ट्रेलियाले जानकारी दिएको छ ।

यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ । ‘द अष्ट्रेलियन ह्युमान राइट्स कमिसन (एएचआरसी)’ ले अनुसन्धान शुरु गर्न लागेको हो । अनुसन्धान आजबाट नै शुरु हुनेछ ।

कमिसनले भनेको छ ‘हामीले बुधबारबाटै यसको सुरुवात गरेका छौँ र यो एउटा ठूलो कदम हुनेछ । अष्ट्रेलियामा कार्यस्थलमै महिलाहरुमाथि यौनजन्य क्रियाकलाप हुने गरेका समाचारहरु आउने गरेका थिए । सो विषयमा सरकारले समेत ठूलो चासो व्यक्त गरेको थियो ।
यसलाई एक अपराध मानेर त्यसको निराकरणको लागि आवश्यक उपायहरु सुझाउने कमिसनले जनाएको छ । अनुसन्धान पश्चात कार्यक्षेत्रमै हुने गरेको यस्तो यौनजन्य अपराधलाई के कसरी हटाउन सकिन्छ भन्ने बारेमा सुझाव दिने र यसले सरकारी तथा गैरसरकारी निकायलाई पनि यस सम्बन्धी नीति निर्माणमा सघाउने उदेश्य राखिएको छ ।

स्रोत : सिन्ह्वा

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: