उदयपुरमा पुनर्ताजगी तालिम शुरु


प्रकाशित मिति :2018-06-24 17:26:59

–महिला खबर–
ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको छ ।
उदयपुर, सिन्धुली र ओखलढुंगाका पत्रकारलाई गएको वैशाखमा दिईएको तालिमको पुनर्ताजगी आइतबारदेखि शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै उदयपुरका प्रमुख जिल्ला अधिकार विष्णुकुमार कार्कीले पत्रकारले खोजमुलक समाचार लेखे आफुहरुलाई अनुसन्धान र हिंसा न्यूनिकरण गर्न थप सहज हुने बताए । कार्कीले पत्रकारिता पेशा मर्यादित भएकाले यसलाई मर्यादित र सम्मान्नित बनाउन पत्रकारहरुलाई सुझाव दिए ।

तालिमका मुख्य प्रशिक्षक तथा खोज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँलेले देशमा खोज पत्रकारिता गर्ने पत्रकारको कमि रहेको भन्दै खाज्ने कलाको विकास गर्दै पत्रकारितामा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

त्यस्तै वरिष्ठ पत्रकार कौशल चेम्जोङले पुरानो धारको पत्रकारिता छोडेर आधुनिक प्रविधिको प्रयोग गर्दै पत्रकारिता गरे समाजको विकासमा मदत्त पुग्ने बताए ।

त्यस्तै यूएन एफपीएका उदयपुर प्रमुख चन्द्र ज्ञवालीले लैंगिक हिंसा न्यूनिकारणका लािग उदयपुरमा वृक्षरोपण अभियान शुरु भएको र २९ जोडिले अहिलेसम्म वृक्षारोपण गरिसकेको भन्दै ९० जोडि यसको तयारीमा रहेको बताए ।

तालिम संयुक्त राष्ट्रसंघीय जनसंख्या विकास कोष (यूएनएफपीए) र स्वीस सरकार विकासको सहयोगमा संचारिका समुहले आयोजन गरेको हो । तालिमको सहजिकरण संचारिका समुहकी अध्यक्ष निर्मला शर्मा र खोज पत्रकारिता तालिम केन्द्रका सम्पादक शिव गाउँलेले गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: