लैंगिक मूल प्रवाहीकरण गर्न नर्सिङमा पुरुष


प्रकाशित मिति :2018-06-24 10:59:04

–महिला खबर–

ललितपुर । नेपाल नर्सिङ काउन्सिलले यो शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषहरूलाई समेत अध्ययन गर्न पाउने व्यवस्था गरेको छ ।

काउन्सिलले शैक्षिक सत्र २०७५\७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको हो ।

काउन्सिलले उक्त निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी गराएको छ ।

अधिवक्ता ज्ञान दर्शन भट्टराई भन्छन्, ‘शुसिला कार्की प्रधानन्यायाधिश हुँदा सर्वोच्चमा रिट परेको थियो तर । कार्कीले रिट खारेज भयो । अहिले काउन्सिलले यो व्यवस्था गर्न लागेको छ जुन स्वागत योग्य छ ।’ पुरुष नर्स हुँदा महिलालाई पनि थप सहज हुने उनी बताउँछन् ।

यसअघि स्वास्थ्य मन्त्रालयले गठन गरेको नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले समेत नर्सिङ अध्ययनमा पुरुषलाई अवसर दिनुपर्ने सुझाब दिएको थियो । यो निर्णयसँगै अब नर्सिङ कलेजहरूले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: