बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार


प्रकाशित मिति :2018-06-25 12:03:40

–महिला खबर–

ललितपुर । वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शनिबार र आइतबार बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा उनीहरुलाई नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट उद्धार गरेको हो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने भन्दै प्रलोभनमा भिषा समेत नलगाइ उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडांैका विभिन्न स्थानबाट उद्धार गरिएको बताए ।

उद्धार गरिएका महिलाहरु रुपन्देही, नुवाकोट, मोरङ, रामेछाप र ओखलढुंगाका हुन् । उनीहरु २० देखि ३५ वर्षका छन् । उद्धार गरिएकामध्ये चार जना आफूखुशी म्यानपावरबाट जान लागेका, चार जनालाई पासपोर्ट सहित बुटवल हुँदै भारत जाँदै गर्दा र बाँकी दुई जना बिना पासपोर्ट भारत लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।

आफूखुशी जान लागेका चार जनालाई भने सामान्य सोधपुछपछि परिवारको जिम्मा लगाइएको प्रमुख केसीले बताए । बाँकी ६ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको छ । लैजाने व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: