सामुहिक बलात्कार गरेको आरोपमा एक पक्राउ, अर्का फरार


प्रकाशित मिति :2018-06-25 15:13:33

–महिला खबर–

ललितपुर । मोहत्तरीमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भने अर्का व्यक्ति फरार छन् ।

मोहत्तरी नगरपालिकाकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ऋतिक सदालाई पक्राउ गरिएको छ भने राकेश सदा फरार रहेको इलाका प्रहरी कार्यलय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए ।

आइतबार साँझ किशोरी घर नजिकै रहेको खोलामा भाँडा माझ्न गएका बेला दुबै जनाले सामुहिक बलात्कार गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको भट्टले बताए ।

ऋतिक सदालाई पक्राउ गरी अनुसन्धान गरिएको छ भने फरार रहेका राकेश सदाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: