रगत र पैसा नहुँदा ज्यान जोखिममा


प्रकाशित मिति :2018-06-25 16:56:09

–महिला खबर–

ललितपुर । अछामको बयलपाटा अस्पतालमा रगतको अभावमा एक महिला छट्पटाइरहेकी छन् । अछामको पन्चदेवल बिनायक नगरपालिकाकी ३२ वर्षीया चन्द्रा नेपालीको शरीरमा हेमोग्लोबिनको मात्रा ३.९ ग्राम मात्रै रहेको र उनलाई रगतको अभाव भएको अस्पतालले जनाएको छ ।

आइतबार अस्पतालमा ल्याइएकी नेपालीलाई ओ नेगेटिभ रगत नभएर समस्या भएको छ । रगतको लागि सबै ठाउँमा खोजी गर्दा पनि नपाएपछि समस्या भएको अस्पतालले जनाएको छ ।

स्वस्थ व्यक्तिमा हेमोग्लोबिनको मात्रा १२ ग्राम हुनुपर्छ । चन्द्रा नेपालीको शरीरमा हेमोग्लोबिनको मात्रा ३.९ ग्राम मात्रै हुँदा उनको ज्यानै जोखिममा भएको हो ।

अछाममा ओ नेगेटिभ रगत नपाएपछि उनलाई अस्पतालले नेपालगञ्ज रेफर गरेको छ । तर पैसा अभाव हँुदा अन्य ठाउँ लिनसक्ने अवस्था नरहेको चन्द्राका श्रीमान बलबहादुर नेपालीले बताए ।

उपचार गराउन पैसाको अभाव भएकाले श्रीमतीको उपचारै नगरी घर फर्काउन लागेको पनि बलबहादुरले बताए ।

आफू भारतमा मजदुरी गर्न गएको बेला घरबाट श्रीमती बिरामी भन्दै खबर आउँदा ३ दिन अघि मात्रै आफू घर पुगेको उनले बताए ।

चन्द्रा र बलबहादुरका चार छोराछोरी छन् । मजदुरी गरेर गुजारा गर्ने उनीहरूले रगत अभावमा ज्यान जोखिममा भएपछि सहयोगको याचना समेत गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: