मानव बेचबिखन सम्बन्धी रिर्पोटिङका लागि छात्रवृत्ति आह्वान


प्रकाशित मिति :2018-06-26 17:17:24

–महिला खबर–

ललितपुर । द इम्पल्स एनजिओ नेटवर्क भारतले सीमा वारपार हुने मानव बेचबिखनका सवालमा पत्रकारलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेटवर्ककी संस्थापक हसिना खाबीले भर्खरै पत्रकारिता पेशामा लागेका र मध्यम अनुभवका पत्रकारका लागि उक्त छात्रवृत्ति प्रदान गरिने बताइन् ।

उनले भनिन्, ‘अहिलेको जल्दोबल्दो समस्याको रुपमा रहेको मानव बेचबिखनको समस्यालाई उजागर गर्न तालिमले थप सहज हुनेछ ।’

तालिममा नेपाल, भारत, बंगलादेश र म्यानमारका पत्रकारको सहभागिता रहनेछ । १ वर्षे छात्रवृत्तिको लागि सीमापार मानव वेचविखन सम्बन्धी रुचि भएका पत्रकारलाइ डिजिटल पत्रकारितामा योग्य बनाई संवदेनशील रिर्पोटिङका लागि दक्ष पत्रकार तयार पार्ने रहेको छ ।

यस्तै मध्यम अनुभवका पत्रकाहरुका लागि चार हप्ते छात्रवृत्ति प्रदान गरिनेछ । मुलुकभित्र र छिमेकी राष्ट्रहरुको सीमावार–पार गरी हुने मानव बेचबिखन सम्बन्धी रिर्पोटिङ गर्नका लागि चार हप्ते छात्रवृत्ति प्रदान गरिनेछ ।

नेपालमा यसको संयोजन मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको छ । इम्पल्स प्रेस ल्याब नेपालका संयोजक एवम् सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक कपिल काफ्लेले छात्रवृत्तिमा पत्रकारहरुलाई विभिन्न देशका पत्रकारहरुसँगको सञ्जाल तयार गरी स्थानीय पत्रकार र विज्ञसँग काम गर्ने अवसर दिनेछ । छात्रवृत्ति अनलाईनबाट असार २५ गतेभित्र भर्न सकिने प्रतिष्ठानकी रोश्ली पोखरेलले जानकारी दिइन् ।

विस्तृत् more जानकारीका लागि पढ्नुहोस् ।

here.

आवेदन बुझाउनु पर्ने 
मिति : ९ जुलाई २०१८ (२५ असार २०७५)
समय : बिहान १०ः०० देखि मध्यान ०४ः३० बजे
सम्पर्क : ०१– ५२६१९०४ (रोश्ली पोखरेल)
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (IHRICON)

[email protected],

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: