पुरुषले हिंसा त्याग्ने कि, महिलाले आत्मरक्षा सिक्ने ?


प्रकाशित मिति :2018-06-28 15:10:56

–सेसिल मायर–

मलाई महिलाहरूको लागि आत्मरक्षामा सामेल हुने कुरामा दुविधा थियो । तर पछि मैले यसबाट सशक्तिकरणमा मद्दत पुगेको पाए ।

मैले ती पुरुषको टाउकोमा हिर्काएँ तर उनी अडिग रहिरहे । उनलाई मेरो हिर्काईले खासै असर गरेन । र ‘अझ कडासँग हान्नुहोस’ उनले भने ।

म सामान्यतया हरेक मङ्गलबार पुरुषहरूलाई हिर्काउँदै बिताउँदिन । बरु आत्मरक्षा कक्षाले मलाई हानि पुरÞ्याउन सक्ने क्षमताको सामना गराएको महशुस गर्दछु । जुन मेरा लगि उत्साहजनका साथसाथै चुनौतिपूर्ण हुने गर्दछ ।

आत्मरक्षाका प्रशिक्षण सत्रहरूमा अक्सर नचिनेका मानिसहरूबाट खतरा हुन्छ भन्ने विश्वासलाई सर्मथन नै प्रोत्साहित गरिरहेको हुन्छ । तर धेरै पीडितहरू भने आफ्नो शत्रुलाई खतरा ठान्छन् ।

जब पाठ्यक्रममा न्यूजरूमका महिलाहरूलाई पेश गरिएको थियो, मलाई लागेको थिएन कि म कार्य समितिमा थिएँ । अनि किन यो महिलाहरूलाई मात्र प्रस्ताव गरिएको थियो ? खासमा त दुवै पुरुष र महिला रिपोर्टरहरू कठिनाइको अवस्थामा पर्न सक्छन् ।

आत्मरक्षा पछाडिको विचार पीडितलाई दोषारोपणमा परिणत पनि हुन सक्छ । पीडितलाई धेरैजस्तो रातको समयमा किन एक्लै बाहिर गएकोे, किन धेरै रक्सी खाएको र किन आफूलाई रक्षा गर्न अझ जोडले प्रतिकार नगरेको भनेर सोधिने गर्दछ ।

मैले यसबारे सोध्न एक प्रशिक्षकलाई भेटंँ । उनले पुरुष पुरुषबीच हिंसा प्रायः अहंकारद्वारा प्रेरित हुन्छ । तर महिलाहरू प्रायः लक्षित व्यक्तिहरूबाट पीडित हुन्छन् । उनीहरूमाथि हिंसा हुनुको कारण महिलाहरूबाट केही खास चीज प्राप्त गर्न चाहेर हो भने ।

यसको अर्थ हाम्रो ध्यान लक्षिततिर हुनुभन्दा पनि हामी कसरी आक्रमणको सामना गर्नसक्छौं भन्ने कुरामा केन्द्रित हुनु हो ।

उनका अनुसार आत्मरक्षा तालिमा पीडितहरूलाई दोषी ठहर्याउने बारेमा होइन, बरु हामीलाई उपकरण प्रयोग गर्ने नगर्ने बारे सिकाउनलाई हो ।

सुरु–सुरुका सत्रहरू सतर्कता र आत्मविश्वासका बारेमा थिए ।

सानैदेखि महिलाहरूलाई राम्रो, विनम्र, मुस्कुराउन सिकाईएको हुन्छ र परिस्थितिहरू नाटकीय नबनाउन भनिएको हुन्छ । हामीलाई आफैले आफ्नो रक्षा गर्न रोक लागाईएको हुन्छ ।

म एक व्यवहारिक गम्भीर व्यक्ति हुँ र मलाई नाईं भन्न कुनै समस्या छैन । तर अझै पनि, यदि कोही भट्टीमा मेरो नजिक आउँछ वा अनुचित व्यवहार गर्दछ भने पनि म सामान्यतया विनम्र रुपमा त्यहाँबाट जाने प्रयास गर्छु ।

आत्मरक्षाले काम गर्दछ भन्ने प्रमाण पनि छ । २०१३ को ओरेगन विश्वविद्यालयको अध्ययनले १ सय १७ जना विद्यार्थीलाई सशक्तिकरणमा आधारित आत्मरक्षा पाठ्यक्रममा भर्ना गरेको थियो । र, १ सय ६९ विद्यार्थीहरूले सो कक्षा लिएका थिएनन् ।

एक वर्षपछि, कक्षा नलिएका मध्ये तीन जना बलात्कृत हुनुपर्यो र ८ प्रतिशतले बलात्कार प्रयासको सामना गरे । कक्षा लिएकाहरू मध्ये कुनैले पनि बलात्कारको रिपोर्ट गरेनन् । २.७ प्रतिशतले मात्र बलात्कार प्रयासको सामना गर्नु परेको उल्लेख गरे ।

दोस्रोमा भएको अर्को पाठमा सिकाइ वास्तविक भए । हामीले सिकेका कुरामा साधारण, शारीरिक परिवर्तनले हामीलाई कुनै धक्काले धकेल्न गाह्रो हुने र हामीले विचरा ती पुरुष स्वयंसेवकहरूलाई हिर्कार्यौँं (यदि आक्रमण गरिएमा, नाकमा हुनेछ) । यसले नराम्रो र असुविधाजनक महसुस गराउँछ तर पनि सशक्त बनाउँछ । मैले सोचें कि मेरो शरीरले यो एक दिन याद गर्नेछ । यदि आक्रमणमा परेकोे खण्डमा पनि डराउने छैन ।

म घरमा उत्साहित भएर पुगेँ र मेरो श्रीमानलाई अत्मरक्षाका केही तरिका प्रस्तुत गरें । जस्तैः जोडिएको शरीर, बाँधिएको गोडा, उठाइएका हात आदि ।

म पुरुषहरू र जवान केटाहरूले अनुशासन, आपसी सहमति र महिला विरुद्ध हुने बलात्कार र दुव्र्यवहार जस्ता घटनाका सम्बन्धमा कक्षा लिईरहेका देख्न चाहन्छु ।

म चाहान्थेँ कि उसले मलाई धकेल्ने प्रयास गरोस् र म कति बलियो थिएँ भनेर देखाउन पाउँ । तर जब उसले मलाई लुकेको बाघ जस्तो अडिग बसेको देख्यो, उ निकै जोडले हाँस्यो । म उसलाई निधारमा पञ्च हान्न चाहन्थें तर अग्लो भएकोले सकिन ।

उसले मेरो सामान्य केटी जस्तो व्यवहार भन्दा छुट्टै भएकोले हाँसो उठेको दाबी गरेको थियो । तर मेरोे शारीरिक सतर्कताले प्राप्त शक्तिबाट प्रभावित भएको स्वीकार गर्न पछि परेन ।

मलाई कक्षाहरू त रमाईलो लाग्दैछ । म चाहन्छु कि, हामी यसको आवश्यकता नपर्नेे संसारमा जीउन पाऔँ ।

म पुरुषहरू र जवान केटाहरूले अनुशासन, आपसी सहमति र महिला विरुद्ध हुने बलात्कार र दुव्र्यवहार जस्ता घटनाका सम्बन्धमा कक्षा लिईरहेका देख्न चाहन्छु ।

यसैबीच, मि टु आन्दोलनको क्रममा धेरै जना पुरुषले फ्लर्टिङ्ग र डेटिङ गाह्रो रहेको भन्दै डराएको अभिव्यक्ति समेत दिएका थिए ।

त्यस्ता तालिम सत्रहरू उपयोगी हुन सक्छन् र वास्तवमा तिनीहरू पहिले देखिनै सञ्चलित पनि थिए । अमेरिकामा स्वस्थ पुरुषत्व ट्रेनिङ इन्स्टिच्यूटमा पुरुष पुरुषको नयाँ पुस्ता निर्माण गर्ने पाठ्यक्रमहरू समावेश गरिएका छन् ।

हामीले पुरुषहरूलाई त्यहाँ उपस्थित गराउन अझ समय लाग्छ । त्यसैले म खुसी छु कि म आफैलाई रक्षा गर्न सिकिरहेको छु । म आशा गर्दछु कि, कुनै पनि सम्भावित हमला गर्नेहरूले मैले आफ्नो बचाउ गर्न लाग्दा नहाँसुन् । यद्यपि बच्नका लागि यो एउटा राम्रो मौका हुन सक्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: