गंगामायाको जीवन रक्षा गर–आयोग


प्रकाशित मिति :2018-06-28 17:53:34

–महिला खबर–

ललितपुर । अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य जटिल बन्दै गएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले उनको जीवन रक्षाको लागि संवेदनशील हुन आग्रह गरेको छ ।

छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनसनरत अधिकारीको जीवन रक्षाको लागि संवेदनशील हुन आग्रह गर्दै आयोगले सो विषय कानूनी शासन, दण्डहीनताको अवस्थासँग जोडिएकाले माग सम्बोधन र मानव अधिकार रक्षाको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन बिहीबार नेपाल सरकारका गृह सचिव प्रेम कुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग समेत छलफल गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्मा, सदस्यहरु सुदिप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौड्याल सहभागी उक्त छलफलमा आयोगले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्न र रेडकर्नर नोटिस जारी भएका आरोपितलाई कुटनीतिक पहल मार्फत वा अन्य उपयुक्त तरिकाबाट नेपाल झिकाई कानून बमोजिम कारबाही गर्न निर्देशन दिएको छ ।

छलफलमा गृह सचिव र प्रहरी महानिरीक्षकबाट सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै रेडकर्नर नोटिस जारी भएको व्यक्तिलाई नेपाल ल्याउन गरिएको प्रयास र आयोग समक्ष विधिको शासन कायम राखी दण्डहीनताको अवस्था आउन नदिन अविलम्व पहल गरिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताहरुद्वारा सशस्त्र संघर्षको समयमा हत्या गरिएकोमा सर्वोच्च अदालतबाट २०७२ सालमा आरोपित छविलाल पौडेललाई पुर्पक्षको लागि थुनामा राख्न दिएको आदेशको कार्यान्वयन नभएको भन्दै पछिल्लो ३० दिनदेखि गंगामाया वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी छन् ।

उनको स्वास्थ्य अत्यन्तै गम्भीर बन्दै गएपछि बुधबार साँझ आइसीयूमा राखेर उपचार गरिएको छ । उनले माग सुनुवाई नभएसम्म अनसन नतोड्ने बताएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: