६ महिनामा १९ बालिका बलात्कृत


प्रकाशित मिति :2018-06-29 11:19:48

–महिला खबर–

सुनसरी । पछिल्लो ६ महिनाको अवधिमा मात्रै सुनसरीमा १९ बालिका बलात्कृत भएका छन् । सो अवधिमै १५ महिला पनि बलात्कृत भएको तथ्याँक सार्वजनिक भएको छ ।

इन्सेक सुनसरीका अनुसार ६ महिनाकै अवधिमा १३ महिलामाथि बलात्कारको प्रयास भएका छन् । ती घटनामा समेत बालिका नै बढी पीडित भएका छन् ।

इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ लाई आधार मानेर तयार पारेको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्लागत प्रतिवेदनसहितको विवरण सार्वजनिक गरिएको हो ।

इन्सेक जिल्ला प्रतिनिधी जयकृष्ण यादवले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सुनसरीमा ६ महिनाको अवधीमा १३ बहुविवाहका घटना भएको उल्लेख छ ।

त्यसैगरी २ वटा बाल विवाह, मानव बेचविखन सम्वन्धि १० घटना, हत्याका ६ र अपहरण सम्बन्धी ५ तथा बोक्सीको आरोपमा कुटपिट भएको एउटा घटना भएको इन्सेक सुनसरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा १४ जना पीडित बनेको तथ्याङकमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: