बालिका बनिन् हत्याको साक्षी


प्रकाशित मिति :2018-06-29 14:39:49

–महिला खबर–

ललितपुर । चितवनको कालिका नगरपालिका १ की एक महिलाले गरेको आफ्नै छोरीको हत्याको साक्षी १० वर्षीया बालिका भएकी छिन् ।
असार ८ गते शुक्रबार विद्यालयबाट फर्किएकी १५ वर्षीया ममता नेपालीले चाउचाउ खान भनेर छिमेकी १० वर्षीया बालिकालाई घरमा बोलाएकी थिईन् ।

तर उनीहरूले सँगै चाउचाउ खान पाएनन् । ममताकी आमा ३५ वर्षीया शोभा परियारले आफ्नो छोरीकी साथी घरमा आएकी बालिकालाई एक सय रुपैयाँ दिएर रक्सी किन्न पठाइन् । नजिकैको पसलबाट साढे २ सय रुपैयाँको रक्सीलाई सय रुपैयाँ तिरेर डेढ सय उधारोमा बालिकाले एक क्वार्टर रक्सी ल्याइदिइन् ।

पहिल्यैदेखि रक्सीले मातेकी शोभाले रक्सी थप्दै छोरी ममतासँग भात मागिन् । भात दिएपछि शोभा उल्टै तथानाम अश्लील शब्द प्रयोग गर्दै छोरीलाई गाली गर्न थालिन् । आमाले जथाभावी बोलेपछि छोरीले एक झापड लगाइदिइन् ।

त्यसपछि आवेशमा आएकी शोभाले घरको ढोका बन्द गरेर ममताको छातीमाथि चढी घाँटी थिचिरहिन् । आमाको लगातारको थिचाइले ममताको सास बन्द भयो ।

त्यसपछि शोभाले सल ल्याइन् । मृत छोरीको घाँटीमा बाँधिन् र पंखामा झुण्ड्याइदिइन् । यी सबै घटनाको साक्षी थिईन्, चाउचाउ खान साथीको घरमा आएकी १० वर्षीया बालिका ।

घटनापछि बालिकालाई पनि तीन थप्पड हानेर शोभाले हत्याको कुरा बाहिर ल्याए मारिदिने धम्की दिईन् ।

छोरीके हत्या पश्चाछ शोभा तिनै बालिकालाई लिएर सोही वडामा रहेको दाजुको घर पुगिन् । दाजुलाई घरमा ल्याएर राती ८ बजे छिमेकमा हल्ला गरिन्, ‘मेरी छोरीले आत्महत्या गरी ।’

घटना सार्वजनिक भएपछि प्रहरीले घटनाको मुचुल्का उठायो । पोष्टमार्टम भयो । आत्महत्या भनी सोही वडाका वडा अध्यक्ष लिलाबहादुर गुरुङसहितको रोहबरमा प्रहरीले मुचुल्का उठायो ।

वडा अध्यक्ष गुरुङले भने, ‘प्रहरीले आत्महत्या हो हामीले कपडा खोलेर जाँच गरिसक्यौं । आत्महत्या नै हो भनेपछि मैले पनि होला भन्ने लागेर रोहबर बसिदिएँ । पछि बालिकाले घटना बारे भनेपछि मात्रै रहस्य थाहा भयो । घटना त हत्या पो रहेछ ।’

बालिकाले भने परिवारमा गएर आफूले देखेको सबै कुरा बताईन् । भोलिपल्टै बालिकाको परिवार हुँदै छिमेकीले हत्या गरेको थाहा पाएपछि प्रहरीलाई अनुसन्धानको लागि अनुरोध गरियो । तर, इलाका प्रहरी प्रहरी कार्यालय रत्ननगरले महिलालाई १ घण्टा हिरासतमा राखी छाडिदियो ।

बिहीबार पुनः छिमेकीले दबाब दिएर महिलालाई पक्राउ गरी घटनाको छानबिन गर्न भनेपछि प्रहरीले परियारलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी बासुदेव खतिवडाले महिलालाई पक्राउ गरी अनुसन्धान गरिएको बताए । यद्यपि उनले किटानी जाहेरी नपरेकोले अदालतबाट म्याद थप भने नभएको बताएका छन् ।

चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौर भने स्थानीयको झुण्डले दबाब दिएकोले महिलाको सुरक्षाको लागि प्रहरीले लगेको बताउँछन् । उनले भने, ‘मानिसको झुण्डले हत्या गरेको भन्दैमा कहाँ हत्या भएको हुन्छ ? महिलाको सुरक्षाको लागि हामीले महिलालाई लगेका हौं ।’

स्थानीयले भने हत्या नै भएको दाबी गरेका छन् । ममताको घरभन्दा ५ सय मिटर टाढा घर रहेका छिमेकी सोमबहादुर खड्काले १० वर्षीया बालिकाले भनेपछि मात्रै हत्या भएको थाहा भएको बताए । उनले भने, ‘पंखामा झुण्डिएर आत्महत्या गरेको मान्छेको खुट्टा कसरी पलङमुनी पस्छ ?’

यस्तै हत्याको साक्षी भनिएकी बालिकालाई डीएसपी बासुदेव खतिवडाले सत्य कुरा बोल नत्र करेन्ट लाउछु भन्दै धम्की दिएको स्थानीयले बताएका छन् ।

शोभाका पति गोपाल परियार गोरखामा बस्छन् । उनी गोरखामा ट्याक्टर चलाउने काम गर्छन् । भने एक छोरा र एक छोरी रोजगारीका लागि विदेश छन् । शोभा र कान्छी छोरी ममता चितवनस्थित घरमा बस्दै आएका थिए ।

(बालिकाले घटनाबारे भनेको भिडियो महिला खबरसँग सुरक्षित छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: