आफूले विहे गर्छु भनेकी किशोरीलाई अर्कैको जिम्मा लगाउनेसहित चार पक्राउ


प्रकाशित मिति :2018-06-29 15:42:13

–महिला खबर–

ललितपुर । जुम्लाकी किशोरीसँग फेसबुकमा प्रेम गरेर विवाह गर्छु भनि डोटी पुर्याउने युवकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ का विरेन्द्रकुमार बम, खडक चन्द, सुरेन्द्र बम, जिप चालक दिपेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विरेन्द्रकुमार बम र १९ वर्षीया किशोरीबिच एक वर्षदेखि फेसबुकमा प्रेम सम्बन्ध थियो । विरेन्द्रको भागेर विवाह गर्ने प्रस्तावमा किशोरी पनि सहमत भएपछि उनी अन्य चार जनासहित जुम्ला पुगेर भगाएर ल्याएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक गगन गिरीका अनुसार विरेन्द्रकुमारले आफूले विहे गर्छु भनि ल्याएकी किशोरीलाई डोटी ल्याइसकेपछि भारतमा काम गर्ने खडक चन्दको जिम्मा लगाउँदा किशोरीले मानव बेचबिखन विरुद्ध असार १२ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

डीएसपी धामीका अनुसार पक्राउ परेका चारै जनाको नाममा मानव बेचबिखन अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ । पीडित किशोरीलाई उनका दाइ आएर जुम्ला लगिसकेको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: