६ महिनामा ४ सय ६५ जना पीडित


प्रकाशित मिति :2018-07-01 15:17:36

–महिला खबर–

ललितपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रदेश नम्बर २ र ३ मा मानवअधिकारको अवस्थाबारे जानकारी गराएको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै इन्सेकले गत आर्थिक वर्षको ६ महिना भन्दा चालु आर्थिक वर्षको ६ महिनामा प्रदेश नम्बर २ मा मानवअधिकार हनन्का घट्ना घट्दै गएको जनाएको छ ।

प्रदेश नम्बर २ का १९ जिल्लामा ६ महिनामा ४ सय ६५ जना पीडित भएको इन्सेकको दाबी छ । गत आर्थिक वर्षको ६ महिनामा ६ सय ९९ जना पीडित भएको इन्सेकले जनाएको छ । सबै भन्दा बढी महिला र बालबालिका पीडित छन् । जसमा राज्य पक्षबाट २ महिलासहित ४५ जना पीडित भएका छन् ।

अघिल्लो ६ महिनामा महिला अधिकारका घटना ५ सय २५ घटेकोमा यो ६ महिनामा २ सय १० जना महिला पीडित भएका छन् । अघिल्लो वर्षको तुलनामा महिला अधिकारका घटनामा पनि कमि आएको इन्सेकले जनाएको छ ।

यो वर्ष ३८ महिला बलात्कार, २६ महिलामाथि बलात्कारको प्रयास, बेचबिखनका ५, बहुविवाह ३३, बोक्सी आरोपमा ६ र घरेलु हिंसामा १ सय ३२ जना पीडित भएको इन्सेकले जनाएको छ ।

यो अवधिमा परिवारबाट १५ जना महिलाको हत्या भएको छ । यस्तै यहि ६ महिनाको अवधिमा १ सय ३२ बालिकासहित १ सय ३९ जना बालबालिका पीडित भएको पनि इन्सेकले जनाएको छ । जसमध्ये बलात्कारका घटनामा ८२, यौन दुव्र्यवहारमा ४०, बालिका बेचबिखनमा ६ र बालविवाहमा ४ जना बालबालिका पीडित बनेका छन् । गत वर्षको ६ महिनामा १ सय ५५ बालिकासहित १ सय ५८ बालबालिका पीडित भएका थिए ।

भूकम्पका कारणबाट पनि बालबालिका अहिलेसम्म पीडित बनेका पाइएको छ । भूकम्पको ३ वर्ष बितिसक्दा समेत भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय भवन पुनः निर्माण नहुँदा बालबालिकाहरू टहरामा पढ्न बाध्य भएकाले पनि उनीहरूको अधिकार हनन् भएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

कारागारमा क्षमता भन्दा बढी कैदी रहेको समस्या विगतको जस्तै छ । इन्सेकले हरेक वर्ष मानवअधिकार हनन्का घटना मानवअधिकार वर्ष पुस्तकमा उल्लेख गर्ने गर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: