‘उजुरी गर्ने निकाय महिलामैत्री छैन’


प्रकाशित मिति :2018-07-01 15:37:44

–महिला खबर–

ललितपुर । पीडित महिलाले उजुरी गर्ने निकाय नै महिलामैत्री नहुँदा समस्या हुने गरेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।  सम्झौता नेपालले ललितपुरमा आयोजना गरेको अन्तक्रियामा सहभागिले यस्तो बताएका हुन् ।

कार्यक्रममा अधिवक्ता एवम् उपप्रध्यापक विष्णुमाया भुसालले ‘नेपालमा बलात्कार सम्बन्धी अपराधको कानूनी व्यवस्था, अनुसन्धान कार्यविधि तथा कार्यान्वयनको अवस्था, चुनौती तथा समाधानका उपायहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालको कानून राम्रो भए पनि फैसला कार्यान्वयनमा समस्या हुँदा पीडितले न्याय नपाउन सकेको बताइन् । उनले उजुरी गर्ने निकाय समेत महिलामैत्री नहुँदा समस्या हुने गरेको बताइन् ।

उनले भनिन्, ‘पीडकलाई राजनीतिक संरक्षण हुन्छ । त्यसमा पनि न्याय प्रक्रियामा ढिलाइका कारण पीडित झन् समस्यामा पर्ने गरेका छन् ।’ उनले अपराधका घटनामा अनुसन्धान प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सांसद एवम् फौजगारी संहिताका पूर्व संयोजक कृष्णभक्त पोखरेलले बलात्कार घटनाका पीडकलाई मृत्यु दण्डको माग उठ्ने गरे पनि मृत्यु दण्ड दिन नसकिने बताए ।

उनले भने, ‘यदि पिडक दोषी ठहरिएमा आजिवन कारागारको व्यवस्था छ । तर मृत्यु दण्ड गर्न सकिदैन । कति जनालाई मृत्यु दण्ड गर्ने ?’ उनले प्रश्न गरे ।

एउटा महिला बलात्कृत हुँदा समाजको कारण सय चोटी बलात्कार भएको भन्दा बढी पीडा हुने गरेको उनले बताए । सम्झौता नेपालकी निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले संविधानले प्रयाप्त अधिकार दिए पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या हुने गरेको बताइन् ।

सांसद नविना लामाले बलात्कारकोे विषय साझा मुद्दा हो भन्दै न्यूनीकरणको लागि सामूहिक पहल आवश्यक रहेको बताइन् । उनले हिंसामुक्त समाजले मात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

सांसद बिनादेवी बुढाथोकी र लक्ष्मीकुमारी चौधरीले पछिल्लो समय महिला र बालिकाहरु आफन्तबाटै बलात्कृत हुने गरेको भन्दै बलात्कार गर्ने व्यक्तिलाई उमेर अनुसार दण्ड सजायको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

सम्झौता नेपालका कार्यक्रम संयोजक जमुनादेवी लामाले हिंसा न्यूनीकरण गर्न सबैको साथ र सहयोगको आवश्यक रहेको बताइन् ।
कार्यक्रममा नागरिक समाजः पारस्परीक जवाफ देहिता कार्यक्रमकी कार्यक्रम संयोजक मन्जु अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय पत्याउनै नसकिने यौन हिंसाका घटना घट्ने गरेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: