पर्यटन क्षेत्रका बालबालिका जोखिममा


प्रकाशित मिति :2018-07-01 15:39:31

–महिला खबर–
ललितपुर । पयर्टन क्षेत्रमा बालबालिका जोखिममा पर्ने गरेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सीवीन नेपालले ललितपुरमा आयोजना गरेको ‘पर्यटन क्षेत्रमा आवद्ध बालबालिकाले भोगेका समस्या र न्यूनीकरणका उपाय’ विषयक नीतिगत छलफलका क्रममा सहभागिले यस्तो बताएका हुन् ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा बालश्रममुक्त रहेपनि बिच बाटोबाटै बालबालिका भरिया वा अन्य कामका लागि लैजाने प्रक्रियाले गर्दा समस्या हुने गरेको बताए ।

उनले नीतिगत रुपमा अनुगमन नहुँदा समेत पर्यटन लगायत कृषि क्षेत्रमा बालश्रम बढ्दो रहेको बताइन् ।
पर्यटन बोर्डका कुन्दन शर्माले सरकारले सन् २०२० सम्म २० लाख पर्यटन भित्र्याउने लक्ष राखे पनि कस्ता पर्यटक भित्र्याउने भन्नेमा जोड दिनुपर्ने बताए ।

सीवीनका अध्यक्ष माधव प्रधानले पर्यटक क्षेत्र राम्रो व्यवसाय रहेको भन्दै यस्ता व्यवसायमा बालबालिकाको प्रयोग गर्न नहुने बताए ।
उनले यदि कुनै पर्यटकले बालबालिकालाई अनावश्यक रुपमा लिएर हिँड्छ, नजिकिन्छ भने त्यसप्रति शंकाको भावले हेर्नुपर्ने बताए ।

कार्यक्रममा महिला कानून र विकास मञ्चका अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै जब देशमा गरिबी हुन्छ तब बालबालिका यौन शोषणमा बढी पर्ने गरेको बताए ।

उनले पर्यटन, यातायात र मनोरञ्जन क्षेत्रमा बालबालिका विरुद्ध हुने हिंसा न्यूनिकरणमा स्थानीय तहको जिम्मेवारी र भूमिकाका विषयमा जानकारी गराएका थिए ।

सीवीनका सुग्नीमा तुलाधरले कतिपय पर्यटकले बालबालिकालाई यौन शोषण गर्ने गरेको बताइन् । उनले नेपालमा बालबालिका यौन शोषणमा पर्ने गरेको यूएनका उच्च व्यक्ति पीटर डार्गेसको घटनाले समेत पुष्टि गरेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: