महानगरकै नमूना वडा बनाउँछु : शोभा सापकोटा


प्रकाशित मिति :2018-07-01 16:28:12

शोभा सापकोटा, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ वडा मध्ये एक्ली महिला वडा अध्यक्ष हुन् । स्थानीय तहमा निर्वाचित भएपछि २०७४, जेठ १७ गते सपथ लिएर सापकोटाले औपचारिक पदभार ग्रहण गरेकी थिईन् । औपचारिक पदभारपछिको एक वर्षमा सापकोटाको नेतृत्वमा काठमाडौं, १४ मा के के काम गरियो त ? सापकोटासँग महिला खबरले गरेको कुराकानीको संक्षेप :–

हिजोआज वडामा के काम हुँदैछ ?

– वडाको नियमित सञ्चालन हुने काम जस्तै व्यक्तिगत घटना दर्ता, नागरिकता लगायतका सिफारिस जस्ता प्रशासनिक काम र विकास निर्माणका नियमित काम त भइरहेको छ नै ।

त्यसबाहेक केही दिनअघि मात्रै हामीले वडाका २ सय ५० जना ७५ वर्ष कटेका महिला र ८० वर्ष नाघेका पुरुष जेष्ठ नागरिकलाई वार्षिक एकमुष्ट १२ हजारका दरले विशेष सामाजिक सुरक्षा भत्ता वितरण गर्यौं । अनि, महिलाहरूलाई सीपमुलक आयआर्जनका तालिम दिइएको छ ।

निर्वाचित भएको एक वर्षको अवधीमा गर्नुभएको कामको विवरण उल्लेख गर्न सक्नुहुन्छ ?

– स्थानीय तहको निर्वाचन जितेपछि मैले २०७४ जेठ १७ गते महानगरमा सपथ लिएँ । सपथको भोलिपल्टदेखि औपचारिक कार्यभार सम्हाल्न थालेको हुँ ।

१८ गते महानगरको नगरसभाको बैठक भयो । त्यही दिन मैले महिलालाई उद्यमशिल बनाउन बजेट छुट्याउन माग गरेीे थिएँ ।

भने महानगरका ८० वर्ष कटेका जेष्ठ नागरिकलाई विशेष सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भनिएको थियो । मैले नै महिलाको हकमा ७५ वर्ष कायम गरिनुपर्छ भनेर माग गरें । अहिले कार्यान्वयन भएको छ ।

–यो बाहेक हामी वडाका जनप्रतिनिधि महिनामा ३ पटक बैठक बस्छौं । वडाबाट गर्ने कामको माइन्यूट गर्छौं । मेरो नेतृत्वमा हाम्रो वडाको टीम र कर्मचारीको संयुक्त पहलमा भएका कामको लिखित विवरण छ ।

तपाईंको नेतृत्वमा वडामा भएको कामको उल्लेख गरिदिनुस् न ?

– चालु आर्थिक वर्षमा हाम्रो वडाले २ करोड रुपैयाँ बजेट पाएको थियो । त्यो बजेट अन्तर्गत रहेर हामीले विकास निर्माण, उद्यमशिलता तथा दैनिक प्रशासनिक काम गरिरहेका छौं । हामीले गरेको काम बुँदागत रुपमा निम्न छ :

१) स्थानीय जनसहभागिता, सडक विभाग, महानगर र वडाको गरी ७ करोड रुपैयाँ बराबरको सडक मर्मत, पिच, ढलान र ढल निर्माण गरेका छौं । तिमध्ये २० वटा योजनामा भुक्तानी भइसकेको छ । २३ वटामा बाँकी छ ।

काम सम्पन्न भई भुक्तानी भएका योजनाहरू
– इन्द्रावती बाटोमा ब्लक,
– इन्द्रावती बल्खु खोला सफाइ
– तासिन्डोल हात्तीगल्ली ब्लक छापेको
– आश्रम गल्लतीमा ढुंगा छापेको
– शान्तिटोलमा ब्लक छापेको
– लाम्पाटी सुनार गाउँमा ढुंगा छापेको
– बुद्धमार्गको सार्वजनिक इनार सफाइ
– सुनाखरी एकता समाज नजिकको खोलामा पर्खाल लगाएको
– कुलेश्वर डाँडागल्लीमा ब्लक छापेको
– टियू मार्गमा ब्लक छापेको
– उमादेवी गल्लीमा ब्ल्क छापेको
– मदनगरको बाटो मर्मत
– सुनार गाउँ उकालोमा ढलान
– भगवती माइ मार्ग बल्खु ढलान
– क्ुमारी मार्ग ढलान,
– कुमारी मार्ग पिच हुँदै
– अर्किट कोलेनी मार्गमा पिच निर्माण
– कलंकी मन्दिर रंगरोगन
– सन्धीमार्ग ढलान
– शिवनगरमा ३ सय घर खानेपानीको पाइप बिच्छ्याएको
– गीता पञ्चायन मार्गमा ब्लक छाप्ने

काम सकिएको-भइरहेको (भुक्तानी दिन बाँकी)
– ढल निर्माण कार्य भलु भैरव टोल सुधार समिति
– बाटिका टोल सुधार समिति ढल निर्माण
– पञ्चकुमारी महर्जन गल्लीमा ब्लक छापेको
– रञ्जित कोलेनी सिमेन्टको ब्लक बाटो निर्माण
– प्राधिकरण मार्ग कुलेश्वर ब्लक बाटो निर्माण
– लिक मार्ग जोड्ने महर्जन गल्ली ईंटा छाप्ने काम
– विपी मार्ग ढलको मंगाल फेर्ने
– संरचना मार्गमा ढलको मंगाल फेर्ने (३ वटा)
– विपी मार्गमा खानेपानीको पाइप बिच्छ्याएको
– भगवती माई मार्ग बल्खु कालोपत्रे
– लाम्पाटी सन्तोषी माता गल्ली मार्ग ढुंगा छाप्ने मर्मत
– सरस्वती सदन बल्खु कालोपत्रे
– सन्तोषी माता मार्ग ढलान मर्मत
– पुतली गल्ली लाम्पाटी ब्लक छाप्ने काम
– संगम कोलोनी कालोपत्रे
– गोदारगाउँ र सुनारगाउँमा बाटो ढलान
– विष्णु गल्ली कलंकी पिच तथा ढलान
– गौरीशंकर मार्ग ढलान
– खाद्य किराना ढल निर्माण
– कलंकी जलगल्ली सडक ढलान
– खड्कागाउँ उकालो ढलान
– नाकगल्ली पिच, ढल र टेवा पर्खाल निर्माण
– माछा गेट ढल र पिच निर्माण
– कुलेश्वर आवास एवीसी गल्ली पिच निर्माण

२) महिला सीप विकास कार्यक्रम अन्तर्गत ३ लाख रुपैयाँ बजेट अन्तर्गत सम्पन्न सीपमुलक तालिमः
– अचार बनाउने तालिम (३२ जना महिला) २ पटक
– ४२ जना महिला बेकरी तालिम
– २५ जना महिलालाई ब्यूटीपार्लर
– ४० जना महिलालाई फेब्रिक माला बनाउने तालिम
– २ पटक गरेर ५० महिलालाई कौशी खेती तालिम
– ४० जना महिलालाई डल्स तथा फूल बनाउने तालिम (चलिरहेको)
– २० जना महिलालाई १५ दिने उद्घोषण तालिम

४) महिला सचेतना कार्यक्रम

– मातृ शिशु तथा अधिकारबारे सचेतना सचेतना तालिम
– महिलाहरूलाई कानूनी सशक्तिकरण तालिम
– जनविकास माध्यामिक विद्यालयमा स्टेशनरी वितरण
५) काठमाडौं महानगरपालिकामा नै पहलोपटक वडाका कामबारे नागरिकलाई जानकारी गराउन सार्वजनिक सुनुवाई
६) बल्खु खड्कुलो पुल नजिकै अतिक्रमण भएको ४ आना सार्वजनिक जग्गा छुट्याएको ।

माथिका काम विकास निर्माण र शसक्तिकरणका भए । यि बाहेक नियमित गर्ने प्रशासनिक काम पनि चलिरहेको छ नै । जसअन्तर्गत व्यक्तिगत घटना दर्ता, नागरिकता लगायत सिफारिस लगायतका काम पनि चलिरहेको छ ।

तपाईं वडा अध्यक्ष, महिला पनि हुनुहुन्छ । नागरिकताको सिफारिस, व्यक्तिगत घटना दर्ता आदिमा महिलालाई समस्या पनि पर्ने गर्छ । तपाई आएपछि केही सहज बनाइदिनुभएको छ ?

– पक्कै पनि । हामीकहाँ व्यक्तिगत घटना दर्ता, नागरिकताको सिफारिस लगायतका समस्या लिएर महिलाहरू धेरै आउनुहुन्छ । कतिपय निवेदनमा हामीले वडा सदस्यसहित सर्जिमिन गरेर महिलालाई व्यक्तिगत घटना दर्ता सिफारिस पनि बनाइदिएका छौं । तिबाहेक म आएपछि आएका महिलाका जटिल खालका १० वटाजति सिफारिसमा महानगरको कानूनी राय लिएर सिफारिस गरिदिएको पनि छु ।

स्नातक पढ्ने एउटी बहिनीलाई त आमा बुबाले नै नागरिकता बनाइदिन नचाहेका रहेछन् । हामीले महानगरको कानूनी राय लियौं । र नागरिकताको सिफारिस पनि दियौं । त्यहि आधारमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरि उनको पक्षमा फैसला पनि भएको छ ।

यस्तै एक जना श्रीमानबाट छुट्टिएकी महिलाको सन्तानको जन्मदर्ता पनि उनकै नामबाट गरिदिएका छौँ । सन्तान जन्माइदिएर जिम्मेवारी नलिने बाउको नामका लागि सन्तानको जन्मदर्ता किन नगर्ने भनेर आमाको नामबाट मात्रै सन्तानको जन्मदर्ता गराएका हौं ।

मैले सहयोगी टीम पाएकी छु । वडावासीलाई जनप्रतिनिधि हुनुका फाइदा महशुस हुने गरेर काम गर्ने हाम्रो प्रमुख उद्दश्य हो । जनताले मलाई विश्वास गरेरै जिताएका हुन् ।

निर्वाचनपछिको एक वर्ष तन, मनले वडाको विकास र जनताको सेवामा बिताएँ । अबका चार वर्ष पनि दत्तचित्त भएर जनताको सेवामा समर्पित हुनेछु । मलाई वडावासीको यस्तै साथ र सहमर्थन भइरह्यो भने महानगरकै नमूना वडा बनाउने सपना देखेकी छु । सपना साकार पार्न दिनरात क्रियाशील पनि छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: