मायाको हत्या आशंकामा २ जना पक्राउ


प्रकाशित मिति :2018-07-01 17:09:07

–महिला खबर–

ललितपुर । मृत अवस्थामा फेला परेकी माया विकको हत्या आशंकामा संगै काम गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका ११ कटानीकी माया विक यही असार १२ गते वेपत्ता भएकी थिइन् ।

करिब २ हप्ता पहिले नगरपालिकाको डाटा संकलनमा काम गर्ने गरेकी उनी कामकै सिलसिलामा घरबाट निस्कदा वेपत्ता बनेकी थिइन् । वेपत्ता बनेकी विकलाइ खोजि गरिपाउँ भन्दै १४ गते विकका परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खोजबिनका क्रममा १५ गते चिपुर सामुदायिक बनमा सडेको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए ।

घिमिरेका अनुसार विकको शव कुहिएको अवस्थामा फेला परेकाले पोष्र्टमार्टममा समस्या भएको छ । अहिले हत्या गरिएको हो भन्न नसकिने भए पनि शव हेर्दा हत्या भएको हुन सक्ने उनले बताए ।

अहिले विकसँगै काम गर्ने २ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: