सैतान भगाउन पास्टरको समूहबाट निर्मम यातना


प्रकाशित मिति :2018-07-02 10:59:44

–लेखनाथ खतिवडा–

पाँचथर । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा झारफुक गर्ने निहुँमा इसाइ धर्मका पास्टरहरूले कुटपिट गर्दा एक युवक घाइते भएका छन् ।

सिरिजंगा गाउँपालिका २ आम्बेगुदिनका २७ वर्षीय प्रविण राईलाई क्रिश्चियनका पास्टरहरूले चर्चमै लगेर यातना दिएको भन्दै पीडित र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

पास्टरहरू नरबहादुर तामाङ, डेबिट लिम्बू, देब राई र सृष्टि लिम्बुले प्रविणलाइ चर्चमा लगेर तिम्रो जिउमा सैतान छ, यसलाइ भगाउनु पर्छ भन्दै निर्घात कुटपिट गरेको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

गत शनिबार चर्चमै यातना दिएपछि राई गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार राइको शरीरभरी नीलडाम छन् । सैतान भगाउन कुटपिट गर्दैगर्दा राई बेहोस भएपछि उनलाई पास्टरहरूले थाहै नदिई उपचारका लागि मोरङको पथरी पु¥याएका थिए ।

पाष्टरहरूबाट कुटिएका राईकी आमाले आम्बेगुदिन प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले पास्टर डेबिट लिम्बु र देब राईलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि केहि सार्वजनिक अपराध र कुटपिट विरुद्ध मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

पक्राउ परेका पास्टरहरूले मदिराको लत बसेका राईलाई छुटाउने विधि प्रयोग गर्दा निलडाम भएको स्वीकार गरेको पनि ताप्लेजुङ प्रहरीले जनाएको छ ।

पास्टरहरूले विरामीलाई मोरङ पु¥याएर परिवारको सम्पर्कमा आउन नदिएकाले पनि घटना एकसाता ढिला गरी सार्वजनिक भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: