छोरीको हत्या आरोपमा आमा विरुद्ध जाहेरी


प्रकाशित मिति :2018-07-02 10:58:36

–महिला खबर–

चितवन । आफ्नै छोरीको हत्या आरोप लागेकी चितवन कालिका नगरपालिका १ की ३२ वर्षीया शोभा परियार विरुद्द किटानी जाहेरी परेको छ ।

स्थानीय चन्द्रकान्त सुवेदी र कल्पना आचार्यले आइतबार इलाका प्रहरी कार्यालय रत्ननगरमा परियार विरुद्द किटानी जाहेरी दिएका हुन् । सुवेदी सोही ठाउँको सूर्यपुर टोल सुधार समितिको अध्यक्ष र आचार्य सूर्यकिरण आमा समूहको अध्यक्ष हुन् ।

किटानी जाहेरी परेपछि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी बासुदेव खतिवडाले आइतबार किटानी जाहेरी परेपछि आइतबार नै अदालतबाट म्याद थपी अनुसन्धान थालिएको बताए ।

शोभाले असार ८ गते शुक्रबार १४ वर्षीया छोरी ममताको हत्यापछि सलमा बाँधेर पंखामा झुण्ड्याइदिई आत्महत्या भनी छोरीको अन्तिम दाहसंस्कार गरेको स्थानीयको आरोप छ ।

स्थानीय १० वर्षकी बालिकाले हत्या गरेको देखेको बताएपछि स्थानीयको दबाबमा प्रहरीले शोभालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

http://mahilakhabar.com/news/2018/06/29/42629.html

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: