छोरीको शव जलाउने दिन कुर्दै आमा


अस्पताललाई बुझाउने शुल्क सहयोग गरिदिन आग्रह

प्रकाशित मिति :2018-07-02 13:03:04

–महिला खबर–

ललितपुर । १४ महिना अघि बलात्कार पछि हत्या गरिएकी १० वर्षीया बालिकाकी आमा छोरीको शव जलाउने दिन कुरेर बसिरहेकी छिन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शव गृहमा छोरीको शव राखेको १४ महिनाको शुल्क तिर्न नसक्दा शव जलाउने दिन कुरेर बसिरहेकी हुन् ।

उनी छोरीले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडानमा थिईन् । गएको जेठ २८ गते जिल्ला अदालत काठमाडौंले आफ्नो पक्षमा फैसला गरेपछि भोलिपल्ट शव निकाल्न त्रिवि शिक्षण अस्पताल पुगिन् ।

तर, अस्पताल व्यवस्थापनले दैनिक एक हजार रुपैयाँ दरले शुल्क चुक्ता गर्न भन्यो । सामान्य मजदुरी गरेर जीविका गर्ने उनले उक्त रकम तिर्न सकिनन् र घर फर्किइन् ।

त्यसयता महिला आयोग, दलित आयोग र नेपाल सरकारका विभिन्न निकायमा पुगेपनि आजसम्म शव राखेको शुल्क चुक्ता गर्ने सहयोगी भेटेकी छैनन् ।

‘हिजो गृह मन्त्रालय गएको थिएँ’ बालिकाकी आमाले महिला खबरसँग भनिन्, ‘मन्त्रालयले एक लाख रुपैयाँसम्म तिरिदिने आश्वासन दिएको थियो । तर अझै मिटिङ बसेर निर्णय गरेको छैन रे ।’

उनले मन्त्रालयबाट अझै केही दिन कुर्न भनेको पनि बताईन् । ‘अब फेरि कतिदिन कुर्नुपर्ने हो थाहा छैन’ उनले भनिन् ।

सम्बन्धित समाचार

शवमाथि राजनीति शुरु, कसरी उठ्छ बालिकाकाे शव ?

बलात्कारपछि हत्या गरिएकी बालिकाको शव आठ महिनादेखि टिचिङमा

बलात्कार र मृत्युपछिको न्याय

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: