डोटीका बालबालिकाको मृत्युको कारण : असावधानी र गैर जिम्मेवारी


प्रतिपरिवार दश लाख क्षतिपूर्ति दिन आदेश

प्रकाशित मिति :2018-07-02 13:32:28

–महिला खबर–
ललितपुर । सर्वोच्च अदालतले दादुराको खोप लगाएपछि ६ वर्षअघि डोटीमा मृत्यु भएका चार बालबालिकाको मृत्युको मुद्दा फैसला गरेको छ । सर्वोच्चले बालबालिकाको मृत्युको कारण राज्यका अधिकारीहरूको असावधानी र गैरजिम्मेवारपन रहेको भन्दै क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

क्षतिपूर्तिको माग गर्दै सर्वोच्चमा परेको रिटको फैसला गर्दै सर्वोच्चले बालबालिकाका परिवारलाई क्षतिपूर्ति स्वरुप प्रतिपरिवार १०÷१० लाख रुपैयाँ दिन आदेश दिएको हो ।

२०६९ भदौ ३ गते डोटीको काँडामाडौं गाविसमा दादुरा खोप लगाइएका ६ बालबालिकामध्ये चार बालबालिका मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गएको शुक्रबार रिटको फैसला गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् तीन महिनाभित्र बालबालिकाका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन आदेश दिएको हो ।

फैसलामा भनिएको छ, ‘राज्यका अधिकारीहरूको असावधानी र गैरजिम्मेवारी कार्यका कारण निर्दोष बालबालिकाको ज्यान गएको देखिएकाले तीन महिनाभित्र मृतक बालबालिकाहरुको अभिभावकलाई जनही दश लाख रुपैयाँ क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालय, डोटी मार्फत दिलाई सो प्रदुषित भायलको प्रयोगबाट बिरामी भएका अन्य बालबालिकाहरुको हकमा निशुल्क उपचार तथा उनीहरुले व्यहोर्नु परेको हैरानीको लागि उचित क्षतिपूर्ति समेतका लागि विपक्षीहरुको नामा पररमादेश जारी हुने ठर्हछ ।’ क्षतिपूर्तिको माग गर्दै अधिवक्ता दलबहादुर धामीसहितले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यस्तो छ फैसलाको पूर्णपाठ

आदेश०६९_wo०२०२(२०७५०३१५) (1)

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: