छात्रालाई स्यानिटरी प्याड


प्रकाशित मिति :2018-07-02 16:00:45

–महिला खबर–

पाँचथर । फिदिम नगरपालिकाका विद्यालयका किशोरीहरुलाई स्यानिटरी प्याड बितरण गरिएको छ ।

महिला जागरण संघ पाँचथरले फिदिम नगरपालिकाको सहयोगमा किशोरीहरुका लागि आयोजना गरेको महिनावारी र यसबाट स्वास्थ्यमा पर्ने समस्या सम्बन्धी सचेतनामुलक कार्यक्रममा उनीहरुलाई प्याड बितरण गरिएको हो ।

छात्राहरुले महिनावारीका बेला बग्ने रगत व्यवस्थापन गर्न नजान्दा विद्यालयमा गयल हुनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै फिदिम नगरपालिकाको आर्थिक सहयोगमा प्याड बितरण गरिएको हो ।

फिदिम नगरपालिकाकी उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा फिदिम आसपासका विद्यालयका किशोरीहरु सभागी थिए । फिदिम नगरपालिकाको तेस्रो नगर सभाले आगामी आर्थिक वर्षमा नगर क्षेत्र भरीका विद्यालयमा छात्रालाई प्याड उपलव्ध गराउने नीति समेत पारित गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: