हरेक घरमा एउटा महिला रोजगार हुने


प्रकाशित मिति :2018-07-03 14:48:43

–महिला खबर–

ललितपुर । वीरेन्द्रनगर नगरपालिकाले चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई रोजगारी दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्र्तगत नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन लागेको हो ।

नगरपालिकाले महिलाहरुलाई व्यवसायका आधारमा ५० प्रतिशत विना व्याज ऋण र ५० प्रतिशत अनुदान दिनेछ । यस अन्तरगत पहिलो वर्षका लागि एक करोड ८० लाख रुपैयाँ छुट्याएको नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

पहिलो वर्ष सिमान्तकृत महिलालाई यो कार्यक्रममा समेटिने छ । उपमेयर ढकालले भनिन्, ‘चार वर्षभित्र नगरभित्रका प्रत्येक घरका कम्तिमा पनि एक जना महिलालाई स्वरोजगार बनाउँछौं ।’

उपमेयर, मोहनमाया ढकाल

उनका अनुसार बेरोजगार महिलाहरुको लगत संकलनको काम भइरहेको छ । बेरोजगार महिलालाई उनीहरुको योग्यता र क्षमताको आधारमा रुचि अनुसारको सीप विकास तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य नगरपालिकाको रहेको उपमेयर ढकालले बताइन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकामार्फत एक करोड र वडामार्फत ८० लाख रुपैयाँ महिला रोजगार कार्यक्रमका लागि छुट्याएको छ ।

यो कार्यक्रम अन्र्तगत सीप विकास तालिमपछिको व्यवसाय गर्नका लागि ४० हजार विना व्याजको ऋण र २० हजार रुपैयाँ नगरपालिकाले अनुदान दिने छ ।

उपमेयर ढकालका अनुसार महिला स्वरोजगार सम्बन्धी नगरपालिकाभित्र काम गर्ने संघ–संस्थालाई एकद्धार प्रणालीमा ल्याएर उनीहरुको लगानी पनि यसमा थपिनेछ । पहिलो वर्ष कम्तिमा पनि पाँच हजार महिलालाई स्वरोजगार बनाउने लक्ष्य रहेको पनि उनले बताइन् ।

२३ हजार सात सय १० घरधूरी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र नगरपालिकाले अघिल्लो वर्ष सुरु गरिएका महिला लक्षित कार्यक्रम प्रभावकारी भएकाले महिलामैत्री बजेट ल्याइएको बताएको छ ।

चालू आर्थिक वर्षमा सुरु गरिएको छोरी जन्म बचत खाता, सुरक्षित आमा कार्यक्रम, गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे, हिंसापीडित महिलाहरुका लागि निःशुल्क उपचारलगायतका कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

नगरपालिकाले महिलाका नाममा सम्पत्ति प्राप्त हुने सिफारिस र प्रमाणित शुल्क दस्तुरमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै महिला, दलित तथा अपाङ्गता भएका व्यक्ति तथा समूहद्धार सञ्चालित व्यवसायमा २० प्रतिशत कर छुटको व्यवस्था गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

यस्तै नगरपालिकाले गर्भवती महिलालाई सुत्केरी हुनका लागि नजिकको बर्थिङ सेन्टर र क्षेत्रीय अस्पताल कालागाउँसम्म पुर्याउनका लागि एम्बुलेन्समा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको छ । यसका लागि नगरपालिकाले २० लाख रुपैयाँ छुट्याएको छ ।

नगरपालिकाको शुक्रबार पारित भएको बजेटमा कटकुवा स्थास्थ्य चौकीलाई महिला तथा बालबालिका विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने उल्लेख छ ।

यस्तै महिला स्वयम्सेविकाको पोशाक भत्तालाई एक हजारबाट बढाएर दुई हजार पु¥याइएको छ ।

गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवालाई निरन्तरता दिइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: