खोलामा बग्दै गरेकी महिलाको उद्धार (फोटोसहित)


प्रकाशित मिति :2018-07-03 16:56:47

–यमुना खनाल–

सिराहा । सिराहाको गोलबजारमा खोलामा बगिरहेको अवस्थामा आज मध्यान्ह् १२ बजेको समयमा एक महिलाको उद्धार गरिएको छ ।

मैनाबत्ती खोलामा बग्दै गरेको अवस्थामा गोलबजार नगरपालिका ३ कि ४० वर्षीया बिना योञ्जनलाई गोलबजार नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनप्रसाद लामा लगायतले उद्धार गरेका हुन् ।

गोलबजार नगरपालिका वडा नंम्बर ३ को जरुवाबाट विकास निर्माणको योजना अनुगमन गरेर घर फर्किने क्रममा वडाध्यक्ष लामा बूढी जमदह खोलामा आएको बाढी तर्न नसकेर खोलावारी नै बसेका थिए । त्यही बेला बाढीले महिलालाई बगाउदै गरेको देखेपछि गाउँलेहरुलाई तत्काल खबर गरेर महिलाको उद्धार गरेको वडा अध्यक्ष लामाले बताए ।

उद्धार गरिएकी बिनाको गोल बजारमा उपचार भईरहेको छ । उनी खतरामुक्त रहेको प्रहरीले बताएको छ ।

आईतबारदेखि आएको अबिरल वर्षापछि सिराहाका खोला नदीहरुमा पानीको बहाब बढेको छ ।

सिराहाको बलान कमला, खुटी, बाबुराम, बुढी जमदह, घुर्मी मैनावती, गागन लगायतका खोलामा पानीको बहाव बढेका कारण नदी आसपास बसोबास गर्ने स्थानीय जोखिममा रहेको प्रहरीले जनाएको छ ।

खोलामा बग्दै गरेकी बिना योञ्जन ।

 बिनालाई उद्धार गर्दै स्थानीय ।

 बिनालाई उद्धार गर्दै स्थानीय ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: