अन्धविश्वास : सर्पदंशको उपचार गाईको गोबर


प्रकाशित मिति :2018-07-03 17:11:16

ललितपुर । भारतमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई सर्पले टोकेपछि उनको उपचार गर्ने हेतुले श्रीमतीलाई गाईको गोबरको थुप्रमा पुरे । केही बेरपछि उनको श्रीमतीको मृत्यु भयो ।

भारतमा अन्धविश्वासको पकड गहिरो छ । धेरै घटनाहरू (जस्तै ऐना फुट्नु, दूध उम्लिनु, कालो बिरालोले बाटो काट्नु आदि) मा असान्दर्भिक तर्कहरू र अन्धविश्वास गाँसिएका हुन्छन् ।

यो अन्धविश्वासको सूचीमा सर्पको डसाइबाट हुने असरलाई निर्मूल पार्न गाईको गोबरमा पुर्ने चलन थपिएको छ ।

उत्तर प्रदेशको बुलन्दशाहर क्षेत्रमा एक ३५ वर्षीया देविन्द्री नाम गरेकी महिलालाई सर्पले टोकेको थियो । उनी घरको लागि दाउरा लिन बाहिर गएकी थिईन् । सर्पले टोक्ने बित्तिकै उनले घर गएर आफ्नो श्रीमानलाई घटनाबारे जानकारी दिएकी थिईन् ।

उनलाई अस्पताल लानुको सट्टा श्रीमानले उनको चोट निको पार्न र सर्पको विष शरीरबाट बाहिर निकाल्न एक जना सफेरा जादुगरलाई बोलाए । सफेराको सल्लाह अनुसार उनले आफ्नी श्रीमतीलाई गाईको गोबरले लिपे र उनको शरीरमा गोबरको पहाड बनाए ।

यो सबै हँुदै गर्दा सफेराले मन्त्र जप्दै थिए । तर यो कही काम लागेन र ती महिलाको मृत्यु भयो । अचम्मको कुरा, मान्छेले कसरी विज्ञानलाई छाडेर कालो जादु र मन्त्रहरूमा विश्वास गर्न सक्छन् । साँच्चै, यदि विज्ञान उपयोगी नभएको भए किन अस्पताल र डाक्टरहरू चाहियो र ?

साभारः– ईण्डिया टाईम्स

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: