रमितालाई बचाउन सहयोग गर्नुहुन्छ ?


प्रकाशित मिति :2018-07-04 11:31:36

–महिला खबर–

काठमाडौँ । मृगौला फेल भएपछि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शैयामा छट्पटाइरहेकी भूकम्प प्रभावित रमिता कार्कीले सहयोगको याचना गरेकी छन् ।

दोलखाको भिमेश्वर नरपालिका–८ जिलुकी रमिता ७ महिनादेखि मेडिकल कलेजमा उपचार गराइरहेकी छन् ।

श्रम र पसिना बगाएर जम्मा गरेको धन सम्पत्ति २०७२ बैशाख १२ गतेको भूकम्पमा गुमाएकी रमिताले आफ्नो उपचारमा आर्थिक सहयोग गरिदिन आग्रह गरेकी हुन् ।

‘भूकम्पको पीडाबाट तंग्रिदै थियौं । आमाका दुईटै मृगौला फेल भए । उपचारमा सबै ऋण सापट गरेर सकियो । अब केही बाँकी छैन’ रमिताका छोरा रबीले भने, ‘पैसा नहुँदा आमाको ज्यान जाने भयो ।’ रबीले आफ्नी आमालाई सहयोग गरेर बचाईदिन सबैसँग अनुरोध गरेका छन् ।

हप्तामा एक पटक डाइलासीस गर्दा रमिताको स्वास्थ्यमा केही सुधार भएको छ । चिकित्सकका अनुसार अझै धेरै समय डाइलासिस गर्नुपर्छ । तर आर्थिक अभावका कारण उपचार नै रोकिएको छोरी सुस्मिताले बताइन् ।

रमितालाई सहयोग गर्न चाहानेले छोरी सुस्मितको मोवाइल नम्बर ९८५१०१०९४४७ र ९८५११३२४१५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: