बलात्कारको कानून संशोधन र कार्यान्वयनको माग गर्दै रिट दर्ता


प्रकाशित मिति :2018-07-04 14:39:57

–महिला खबर–

ललितपुर । बलात्कार जस्तो जघन्य अपराध विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयन र कानूनमा थप संशोधन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता शर्मीला कार्की, अधिवक्ता शशी बस्नेत, पूण्यशिला दवाडी, विष्णुप्रसाद पोखरेल, अधिकारकर्मी रोश्ली पोखरेल, गंगाबहादुर भुजेल लगायत आठ जनाले रिट दायर गरेका हुन् ।

पछिल्लो समय देशमा बलात्कारका घटना बढ्दै गएको तथा विद्यमान कानूनको कार्यान्वयन फितलो हुनुको साथै सार्वजनिक पदमा रहेका व्यक्तिलाई कारबाही गर्ने प्रभावकारी कानून नभएको भन्दै सरकारका विभिन्न निकायलाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

आज बुधबार दर्ता भएको रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपाललाई विपक्षी बनाईको छ ।

रिटमा सार्वजनिक पदमा रहेका व्यक्ति, प्रहरी, निर्वाचित जनप्रतिनिधिले बलात्कार जस्तो जघन्य अपराधमा मेलमिलाप गराएमा फौजदारी दण्ड दिनेगरी कानून संशोधनको लागि आदेश गर्न माग गरिएको छ ।

त्यसैगरी बलात्कारको अपराधमा पनि संरक्षणात्मक आदेश गर्ने व्यवस्था तथा पीडित महिलाको न्यायमा पहुँच बढाउन विभिन्न व्यवस्था गर्नेगरी विभिन्न ७ वटा मागमा आदेश गर्न अनुरोध गरिएको रिट निवेदक तथा अधिवक्ता शशी बस्नेतले महिला खबरलाई जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: