सुत्केरीले भत्ता र न्यानो झोला पाएनन्


प्रकाशित मिति :2018-07-05 12:29:07

–प्रकाश सिंह–

बाजुरा । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत सुत्केरी आमालाई प्रोत्साहन भत्ता र न्यानो लुगा अनिवार्य दिने व्यवस्था गरेको छ । तर बाजुराका धेरै सुत्केरी आमा र शिशु यो सेवाबाट बञ्चित भएका छन् ।

सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराए बाफत १५ सय र नियमित गर्भ जाँचको ४ सय गरी १९ सय र १ हजार बराबरको न्यानो लुगा दिने व्यवस्था गर्दै आएको छ ।

बजेट अभाब भएको भन्दै आर्थिक वर्ष ०७४\०७५ मा धेरै सुत्केरी आमाले प्रोत्साहन भत्ता र न्यानो लुगा नपाएको बताएका छन् ।

बुढिनन्दा नगरपालिका १० पाण्डुसेनकी हजारी रोकायाले पाण्डुसेन स्वास्थ्य चौकीमा सुत्केरी भइन् । तर उनले नत भत्ता पाइन्, न न्यानो झोला नै । उनले भनिन्, ‘स्वास्थ्यकर्मीले बजेट छैन भनेर रित्तो हात फर्काए । दिएनन् ।’

उनीजस्तै वडा नम्बर ८ कि सुना बिष्टले पनि प्रोत्साहन भत्ता र न्यानो लुगा नपाएको गुनासो गरिन् । ‘स्वास्थ्य संस्थामा सुत्केरी भएपछि पैसा र लुगा पाईन्थ्यो भन्ने सुनेकी थिए । तर दिएनन्’ सुनाले भनिन् ।

पाण्डुसेन स्वास्थ्य चौकीमा कार्यरत अनमी मधु श्रेष्ठले नगरपालिकाले बजेट छैन भनेर नदिएपछि आफूहरूले नदिएको बताईन् ।

५ जना सुत्केरीलाई सुत्केरी भत्ता, ९३ जना महिलालाई न्यानो लुगा नदिएको र अझै पनि सुत्केरी हुने महिलालाई यो सेवा दिन नसक्ने उनको भनाइ छ । ‘सुत्केरीलाई अनिवार्य रुपमा प्रोत्साहन भत्ता दिनुपर्ने व्यवस्था छ । तर बजेट छैन भनेपछि हामीले कहाँबाट दिनु ?’ श्रेष्ठले भनिन् ।

बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, बाधु स्वास्थ्य चौकीमा पनि सुत्केरी भत्ता र न्यानो झोला दिन नसकेको स्वास्थ्य संयोजक जशी लुहारले बताए । नगरपालिकाले बजेट नै छैन भनेपछि आफूहरूले असारको मसान्तसम्म कसैलाई पनि यो सेवा दिन नसक्ने उनले बताए ।

बुढिनन्दा नगरपालिकामा मात्रै २ सय भन्दा बढी महिलाले न्यानो लुगा पाएका छैनन् । न्यानो झोला कार्यक्रमका लागि १ लाख ३९ हजार रकम आएको थियो । त्यो रकमबाट १ सय ३९ सेट खरिद गरेर स्वास्थ्य संस्थालाई दिएको र त्यो अपुग रहेको जशीले बताए ।

बुढिनन्दा नगरपालिका कार्यकारी पुरुषोत्तम अधिकारीले भने अपुग रकम नगरपालिकाबाट व्यवस्थापन गर्न सकिने तर स्वास्थ्य संयोजकले पहल कदमी नगरेको बताए ।

स्वास्थ्यकर्मीले पनि स्वास्थ्य संयोजकलाई पटकपटक यो विषयमा कुरा गरे पनि कुनै वास्ता नगरेका कारण बजेट नआएको बताउँदै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: