धामी झाँक्रीको भर पर्दा सुत्केरीको ज्यान गयो


प्रकाशित मिति :2018-07-05 16:11:40

–महिला खबर–

ललितपुर । सुत्केरी पश्चात उच्च रक्तश्राव हुँदा अस्पताल नलगी धामी झाँक्रीसँग उपचार गराएका कारण एक महिलाको ज्यान गएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको बुधबार राती ज्यान गएको हो ।

बुधबार दिउँसो सुत्केरी भएकी माइलीको साल नझरेपछि परिवारले स्वास्थ्य संस्थामा नलगी धाँमी झाँक्रीसँग उपचार गराएको स्थानीयले बताएका छन् ।

रक्तश्रावका कारण अचेत अवस्थामा रहेकी उनलाई झाँक्रीकहाँ उपचार गराउदा पनि साल नझरेपछि राती स्वास्थ्य संस्था लैजाने क्रममा मृत्यु भएको बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार स्थानीय स्वास्थ्य चौकीमा नियमित गर्भ परीक्षण गर्न पनि उनी आएकी थिइनन् । घरमै शिशु जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण उनको मृत्यु भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: