ललितपुर । न्यूयोर्कमा जुलाई ४ का दिन स्ट्याच्यु अफ लिवर्टीमा चढेर एक महिलाले बन्धक बनाइएका आफ्ना आप्रवासी श्रमिक परिवारलाई छोड्नुपर्ने माग राखेकी छन् ।
प्रहरीले उनलाई स्टाच्यु अफ लिवर्टीबाट तल ओर्लेर कुरा गर्न अनुरोध गरेपनि उनी ओर्लन मानेकी थिइनन् । उनले उक्त स्टाच्यु अफ लिवर्टीमा ३ घण्टा बिताएकी थिइन् । विभिन्न कानूनी स्रोत तथा उनलाई चिन्नेहरुका अनुसार उनी थेरेस पाट्रिसिया नाम गरेकी महिला थिइन् ।
न्यूयोर्कको प्रहरी विभाग स्रोतले बताए अनुसार उनी प्रदर्शनकारी समूह मध्येकी एक थिइन् र बन्धक बनाइएका सबै आप्रवासी बालबालिकाहरुलाई फुकुवा नगरेसम्म आफू स्टाच्युबाट तल नओर्लने घोषणा गरेकी थिइन् ।
न्यूयोर्क शहरको प्रहरी विभागका आकस्मिक सेवा इकाइका तालिम प्राप्त उद्धार समूहका १६ जना प्रहरीले महिलालाई त्यहाँबाट उद्धार गरेर आफ्नो नियन्त्रणमा लिएका प्रहरी अधिकृत ब्रीन ग्लाक्केनले जुलाई ४ का दिन भएको पत्रकार सम्मेलनमा बताए । उनलाई कानूनी सहायता दिने प्रहरीले बताएको छ ।
साभार : सीएनएन
Comment Here!