श्रीमतीको गुप्ताङ्गमा पाइप कोच्नेलाई आठ वर्ष कैद


प्रकाशित मिति :2018-07-06 10:57:14

–महिला खबर–

दैलेख । दैलेख जिल्ला अदालतले श्रीमती बलात्कार गरेको अभियोगमा ८ वर्ष कैद र ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।

चामुण्डा बिन्द्रासैनी नपा–४ चिमेगाउँका ४० वर्षीय एक व्यक्तिलाई दैलेख जिल्ला अदालतले बैवाहिक बलात्कार र गुप्ताङ्गमा पाइपले घोचेको घटनामा यस्तो फैसला गरेको हो ।

३६ वर्षीया श्रीमतीलाई बलात्कार र ज्यानमार्ने उद्योगमा सो सजाय भएको अदालतका प्रवक्ता नासु बिनोद आचार्यले जानकारी दिए ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट बिहीबार सो फैसला भएको हो ।

मुलुकी ऐन ज्यानमार्ने महलको १५ नम्वर अनुसार ५ वर्ष तथा सोही ऐन जवरजस्ती करणी महलको ३ (६) बमोजिम अप्राकृतिक चीज घुसाएको ठहर भएअनुसार ३ वर्ष समेत ८ वर्ष कैद र जवरजस्ती करणी महलको १० नम्वर बमोजिम पीडितलाई क्षतिपूर्ति दिनु भनी फैसलामा लेखिएको छ ।

२०७४ चैत ७ गते बेहोस हुने गरी कुटपिटसँगै श्रीमतीको गुप्ताङ्गमा प्लाष्टिकको पाइपले घोचेर घाऊ बनाएको आरोपमा प्रहरीले चैत ९ गते पक्राउ गरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत चैत २८ गते दैलेख जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।

घटनाको विषयमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकं) लगायतका निकायहरुले चासो राखेका थिए ।

यो पनि हेर्नुस्,

योनिमा पाइप घोच्ने श्रीमान विरुद्ध मुद्दा

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: