‘यशोदाका कविता परिवर्तनका संवाहक’


पत्रकार तथा साहित्यकार यशोदा अधिकारीको एकल कविता वाचन

प्रकाशित मिति :2018-07-06 12:53:00

–महिला खबर–

ललितपुर । पत्रकार तथा साहित्यकार यशोदा अधिकारीले लैंगिक समानताको पक्षमा एकल कविता वाचन गरेकी छन् ।

सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा आयोजना गरिने एकल कविता वाचन कार्यक्रम अन्तरगत बिहीबार राष्ट्रिय नाचघरमा आयोजित ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा अधिकारीले महिलाको पक्षका कविता वाचन गरेकी हुन् ।

उनले पुरुषसरह महिलाले गर्ने कामको सम्मान नभएको, लैंगिक विभेद हट्न नसकेको, महिलाले आत्मसम्मानसहित स्वतन्त्रतापूर्वक बाँच्न नपाएको लगायत समसामयिक विषयमा कविता वाचन गरिन् ।

कार्यक्रममा जङ्ग पहाडी, मीना श्रेष्ठ, तारा केसी, श्याम रिमाल र रविराज बसौलाले पनि कविता वाचन गरेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अधिकारीका कविताको प्रशंसा गर्दै कविता समाज परिवर्तनको संवाहक भएको बताए । उनले परिवर्तनको पक्षमा कलम चलाउन पनि स्रष्टालाई आग्रह गरे ।

प्राज्ञ नर्मदेश्वरी सत्यालले अधिकारीका कवितामा समाजका यथार्थ विषय वस्तु समेटिएको भन्दै निरन्तर कलम चलाउन हौसला दिइन् ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, सांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र सांसद खेम नेपालीले अधिकारीका कविताले समाज रुपान्तरणमा टेवा पुग्ने बताए ।

सञ्चारिका समूहकी कोषाध्यक्ष समेत रहेकी अधिकारीका हालसम्म ‘निषेधविरुद्ध’ र ‘अस्वीकार’ (कवितासंग्रह), ‘संसार हल्लाउने संघर्षशील महिलाहरु’ (जीवनी), ‘क ख गीत’ (बाल कविता) र ‘जुरेली र मयुर’ (बाल कविता) प्रकाशित छन् ।

यस्तै उनले विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुमा समसामयिक र लैंगिक समानताको पक्षमा कलम चलाउँदै आएकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: