योगमायालाई विभूती घोषणा गर्न सरकार तयार छ : प्रचण्ड


प्रकाशित मिति :2018-07-06 14:31:36

–महिला खबर–

ललितपुर । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले योगमायाले थालेको समाज सुधारको अभियानका कारण नै अहिले महिलाहरू नीति निर्माण तहसम्म आइपुगेका बताएका छन् ।

योगमाया सामाजिक आन्दोलन सतवार्षिकी तथा ७८ औं स्मृति दिवस कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले अहिले राजनीतिक रुपमा महिलाले हासिल गरेका प्रतिनिधित्वको सुनिश्चिताको जग योगमायाको आन्दोलन रहेको बताए ।

दाहालले भने, ‘हजारौं महिलाहरूले जनयुद्ध र जनआन्दोलनमा बलिदानी दिएका छन् । उनीहरूले योगमायाको विचार अनुसरण गरे । उनीहरु योगमायाको सन्तती र योगमायाकै उत्तराधिकारी हुन् ।’

योगमायाको योगदानलाई कदर गरेर विभूती घोषणा गर्न सरकार सकारात्मक रहेको पनि दाहालले बताए । दाहालले थपे, ‘योगमायाको त्यागको प्रमाणित र आधिकारीक प्रमाणहरू संकलन गरी विश्लेषण गरौं । सरकार उहाँको योगदानको कदर गरेर विभूती घोषणा गर्न तयार छ ।’

दाहालले नेपाली महिलाको अवस्था सुधारमा योगमायाको युगभन्दा धेरै अगाडि बढिसकेको पनि दाबी गरे । उनले भने, ‘नेपाल दक्षिण एसियामा नै महिला सशक्तिकरणमा अगाडि छ । त्यसैले अहिलेको अवस्थालाई योगमायाको युगसँग तुलना गर्नु वैज्ञानिक हुँदैन ।’

हेर्नुस् प्रचण्डकाे भनाइ जस्ताकाे त्यस्तै

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: