महिला नेताले यसरी सम्झिए योगमायालाई


प्रकाशित मिति :2018-07-06 17:20:45

–महिला खबर–

ललितपुर । आज शुक्रबार असार २२ गते अर्थात् नेपालको पहिलो महिला सामाजिक अभियन्ता योगमायाले सामूहिक जल समाधी लिएको दिन । आजभन्दा ठ्याक्कै ७८ वर्ष अघि १९९८ सालमा योगमायाले सामाजिक विसंगतीको विरोधमा ६८ जना अनुयायीसहित ६८ जनाको समूहमा जल समाधी लिएकी थिईन् ।

तत्कालिन अवस्थामा समाज सुधारक अभियानका क्रममा उनले सती प्रथा, धर्मको नाममा हुने आडम्बर, धनी गरिबबीच मानामा विभेद लगायतका कुसंस्कारको विरोध गरिन् ।

त्यसको लागि अभियान चालिन् । तत्कालिन शासकलाई भेटेरै समाज सुधारको लागि पहल चाल्न अनुरोध गरिन् । तर, परिवर्तन सजिलै कहाँ संभव छ र ? यद्यपि उनले समाज सुधारको लागि दबाब दिन अनुयायीसहित जलसमाधी लिईन् ।

भोजपुरकी सामान्य परिवारमा जन्मिएकी योगमायाले गरेको योगदानलाई संस्मरण गर्दै असार २२ अर्थात् शुक्रबार काठमाडौंमा महिला नेताहरूले भव्य कार्यक्रम गरे ।

योगमायाको अभियानलाई अहिलेसम्म प्रचार प्रसार गर्नेलाई सम्मान गरे । कार्यक्रममा महिला नेताहरूले योगमायालाई सम्झिए । अनि आजको समय पनि योगमायाले दिएको बाटोलाई अनुसरण गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता सांसद अष्टलक्ष्मी शाक्यले योगमायाको योगदानलाई कदर गर्दै राज्यले विभूती घोषणा गर्न ढिला भइसकेको बताईन् ।

उनले आफू राजनीतिमा लाग्न योगदान गर्ने विदेशी राजनीतिज्ञ महिलाहरूको जीवनीबाट प्रेरित भएर राजनीतिमा लागेको प्रसंग कोट्याउँदै योगमायाको जीवनीलाई पनि अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताईन् ।

त्यसैगरी कार्यक्रममा नेकपाका नेता पम्फा भूसालले तत्कालिन अवस्थामा बालविवाह, अनमेल विवाह, सतीप्रथा लगायतका कुप्रथाको विरोध गरेर पृथक ढंगको आन्दोलन थालेको बताईन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. डिला संग्रौलाले महिला माथि हुने हिंसा नरोकिएको भन्दै आज पनि योगमाया युगको अन्त्य नभएको बताईन् । उनले दलबाट माथि उठेर महिलाहरूले एक भएर योगमायाको बाटोमा अघि बढ्नुपर्ने पनि सुझाईन् ।

सोही कार्यक्रममा प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले योगमायालाई विभूती घोषणा गर्न संघीय सरकारलाई घच्घच्याएका थिए । उनले प्रदेश १ ले वार्षिक बजेट अन्तर्गत योगमायालाई सम्झिएको पनि बताए ।

योगमाया सामाजिक आन्दोलन अभियान समितिकी योजक जयन्ती राईले महिलाहरू एक भएर योगमायाले चलाएको सामाजिक सुधारको अभियानलाई अहिले पनि सशक्त बनाउन कार्यक्रमको आयोजना गरेको बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: